अध्यक्ष दाहालको आह्वान: 'कुप्रथा त्यागेर मौलिक पर्वको सकारात्मक मूल्य जोगाऔं'

Author

सजिलो पत्रिका

२०८२ असोज १३, सोमबार

16
Share
Featured
  • राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विजया दशमीको शुभकामना दिँदै निराशा र अपेक्षा पूरा गर्न राष्ट्रिय एकतासहित समृद्ध राष्ट्र निर्माणमा लाग्न आह्वान गरेका छन्।
  • जेनजी आन्दोलनले ल्याएको परिवर्तनसँगै तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी संविधानको रक्षा गर्नुपर्नेमा उनले जोड दिएका छन्।
  • फजुल खर्च र कुप्रथाबाट मुक्त भई दशैंलाई पारिवारिक मिलन, सामाजिक सद्भाव र सांस्कृतिक एकताको पर्वका रूपमा मनाउन आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नेपाली जनतामा देखिएको निराशा, आवेग र अपेक्षालाई पूरा गर्न र राष्ट्रिय एकतासहितको समृद्ध र उन्नत राष्ट्र निर्माणमा लाग्न सबैलाई आह्वान गरेका छन् । विजया दशमीको उपलक्षमा आज शुभकामना व्यक्त गर्दै जेनजी प्रदर्शनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्नुपर्नेमा जोड दिएका छन्।

अध्यक्ष दाहालले भनेका छन्, ‘फजुल खर्च, परम्परा र संस्कारका नाममा गरिने कुप्रथा र विकृतिबाट मुक्त भई पारिवारिक जमघट, खुसियाली आदानप्रदान र सामाजिक सांस्कृतिक सम्बन्ध विस्तारका रूपमा हर्षोल्लासपूर्वक दसैँं मनाउन म सबैलाई आग्रह गर्दछु।’

बडादसैँले पारिवारिक मिलन, सामाजिक सद्भाव र सांस्कृतिक एकता थप मजबुत बनाउने उनको विश्वास छ। सन्देशमा भनिएको छ, ‘हाम्रा मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कारको संरक्षण गर्ने तथा अन्धविश्वास र भड्किलो जीवन पद्धतिलाई समयानुकूल परिवर्तन गर्नु उत्तिकै जरुरी छ।’

अध्यक्ष दाहालले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षा पूरा गर्नुपर्ने दायित्व रहेको बताए ।

यो समाचारमा

नारायण प्रसाद दाहालकाठमाडौँराष्ट्रिय सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...