जेनजी आन्दोलनको क्षति: २३ अर्बभन्दा बढीको बीमा दाबी, संख्या बढ्दो

Author

सजिलो पत्रिका

२०८२ असोज १२, आइतबार

12
Share
Featured
  • जेनजी आन्दोलनका कारण हालसम्म रु २३ अर्ब ३९ करोड बराबरका २,९८८ बीमा दाबी दर्ता भएका छन्, जसमा सबैभन्दा बढी दाबी बागमती प्रदेशबाट परेका छन्।
  • दाबीमध्ये सम्पत्ति बीमा ५९४, मोटर बीमा २२०९, इञ्जिनियरिङ/ठेक्का जोखिम १४४, परिवहन ११ र अन्य ३० वटा रहेका छन्।
  • सबैभन्दा ठूलो दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (रु ५ अर्ब ४५ करोड) मा परेको छ, त्यसपछि ओरियन्टल, आइजिआई प्रुडेन्सियल, शिखर र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा क्रमशः उच्च दाबी दर्ता भएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भौतिक संरचनाको बीमा दाबी हालसम्म रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार दाबी आवेदको संख्या अझै बढ्ने क्रम जारी छ ।

हालसम्म प्राधिकरणमा पुगेका बीमा दाबीमध्ये सम्पत्ति बीमा ५९४, मोटर बीमा २२०९, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य बीमा ३० वटा रहेका छन् ।

सबैभन्दा धेरै बीमा दाबी बागमती प्रदेशबाट परेको छ, जहाँ एक हजार ६०८ वटा आवेदन दर्ता भएका छन् । त्यसपछि कोशीमा ३७७, मधेशमा ३२३, गण्डकीमा २१९, लुम्बिनीमा २५४, कर्णालीमा २५ र सुदूरपश्चिममा १८२ वटा दाबी दर्ता भएका छन् ।

प्राधिकरणका अनुसार हालसम्म कूल २९८८ वटा बीमा दाबीका आवेदन दर्ता भइसकेका छन् । भौतिक क्षति ठूलो भएकाले आगामी दिनमा यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

बीमा कम्पनीगत विवरण हेर्दा सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ, जसको रकम रु ५ अर्ब ४५ करोड ९३ लाख बराबरको छ ।

त्यस्तै, दि ओरियन्टल इन्स्योरेन्समा रु ५ अर्ब २३ करोड २४ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रु २ अर्ब ७९ करोड ६६ लाख, शिखर इन्स्योरेन्समा रु २ अर्ब ३९ करोड १३ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु १ अर्ब ५७ करोड ५९ लाख बराबरको बीमा दाबी दर्ता भएको छ ।

मुलुकभर रहेका १४ वटा निर्जीवन बीमा कम्पनी र चार वटा माइक्रो इन्स्योरेन्स कम्पनीमा यी दाबी दर्ता भएको बीमा प्राधिकरणले जनाएको छ । 

यो समाचारमा

काठमाडौँनेपाल बीमा प्राधिकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...