राष्ट्रिय स्वतन्त्र पार्टीमा 'व्यक्तिवाद' र 'अवसरवाद' को आरोप, पूर्व नेतृ सुमना श्रेष्ठका 'यक्ष प्रश्न'

Author

सजिलो पत्रिका

२०८२ असोज ११, शनिबार

29
Share
Featured
  • पूर्व नेतृ सुमना श्रेष्ठले रास्वपा नेतृत्वमाथि ‘व्यक्तिवाद’ र ‘अवसरवाद’ हावी भएको आरोप लगाउँदै पाँच ‘यक्ष प्रश्न’ उठाइन्।
  • उनले रास्वपा पनि तीन ठूला दलजस्तै प्रवृत्तिमा गइसकेको र आचरणमा सुधार नहुँदा नैतिक आधार कमजोर भएको दाबी गरिन्।
  • जेनजी आन्दोलनमा रास्वपा ‘स्टेकहोल्डर’ नभएको बताउँदै, जङ्गी अड्डा प्रकरण र आफ्नाविरुद्धको भित्री प्रचारप्रति असन्तोष प्रकट गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ सुमना श्रेष्ठले पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएकी छिन्। शनिबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले पार्टीभित्र 'व्यक्तिवाद' र 'अवसरवाद' हावी भएको दाबी गरेकी हुन्। श्रेष्ठले आफूमाथि फैलाइएका भ्रमहरूको खण्डन गर्दै पार्टीका इमानदार कार्यकर्ताहरूलाई पाँचवटा 'यक्ष प्रश्न' समेत सोधेकी छिन्।

श्रेष्ठले तीन ठूला दलका शीर्ष नेताहरूलाई औंला तेर्स्याउँदा रास्वपाका नेताहरूले पनि आफ्नै प्रवृत्तिलाई हेर्नुपर्नेमा जोड दिएकी छिन्। उनले लेखेकी छिन्, "तीन ठूला दलका टाउकेहरूलाई चोर औंला देखाउँदा बाँकी चार औंला आफैंतिर फर्किँदैनन् र ? त्यही प्रवृत्तिलाई मलजल गरेर नयाँ केपी, नयाँ शेरबहादुर, नयाँ प्रचण्ड बनाउन लाग्नु अवसरवाद होइन त ?"
उनले पार्टीभित्रको व्यक्तिवादी प्रवृत्तिविरुद्ध आवाज उठाउनुलाई 'हुतिहारापन' नभएको स्पष्ट पार्दै, गल्ती स्वीकार गरिए पनि आचरणमा सुधार नहुँदा रास्वपाको नैतिक आधार कमजोर बनेको टिप्पणी गरिन्। श्रेष्ठले प्रश्न गरिन्, "नयाँ मालिकको नयाँ दास बन्ने हो भने पुराना झोले र पुराना दासलाई कसरी प्रतिप्रश्न गर्ने ? हामी फरक छौँ भन्न लज्जाबोध हुँदैन ?"
जेनजी आन्दोलनमा रास्वपा 'स्टेकहोल्डर' नभएको उल्लेख गर्दै उनले पार्टीले 'धमिलो पानीमा माछा मार्न' खोजेको आरोप लगाइन्। उनले प्रधानसेनापतिले रास्वपा र दुर्गा प्रसाईंलाई पनि स्टेकहोल्डर भनेपछि आफूले प्रतिवाद गरेको स्मरण गराइन्। "तर त्यसबेला जङ्गी अड्डा धाउनु भनेको दुर्गा प्रसाईंसँगै उभिनु हो र वास्तविक अवसरवादलाई सदर गर्नु हो," उनले भनिन्।

आफूले जङ्गी अड्डा जानबाट रोकेको भन्दै नेतृत्वले भित्री प्रचार गरेको विषयमा पनि श्रेष्ठले चर्को आपत्ति जनाइन्। उनले आक्रोश पोख्दै भनिन्, "मेरो विरुद्ध प्रचार गर्न सक्ने गरी इमान कुन ठाउँमा मिल्काएर आउनुभयो ? नख्खुमा इज्जतसँगै मानवता पनि जलाउनुभयो ?"

सुमना श्रेष्ठका यी अभिव्यक्तिले रास्वपाभित्रको आन्तरिक किचलोलाई सतहमा ल्याएको छ। यसले पार्टीको आगामी दिशा र नेतृत्वको कार्यशैलीमाथि थप प्रश्नहरू खडा गरेको छ।

यो समाचारमा

सुमना श्रेष्ठराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...