भ्रष्टाचार अब क्षम्य हुँदैन : उर्जामन्त्री घिसिङ

Author

सजिलो पत्रिका

२०८२ असोज १०, शुक्रबार

36
Share
Featured
  • मन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको मुख्य माग सुशासन र भ्रष्टाचार निर्मूल गर्ने रहेको बताए।
  • अनियमितता र भ्रष्टाचारमा संलग्न जोसुकै भए पनि तत्काल कारबाही गर्ने चेतावनी दिए।
  • प्राधिकरणभित्र सुशासन कायम गर्न कटिबद्ध भई काम गर्न निर्देशन दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जेन-जी पुस्ताको माग भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको बताए ।

देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने चाहना युवापुस्ताको चाहना पूरा गर्न जरुरी रहेको उनले बताए । सुशासनको विषयलाई गम्भीर रुपमा लागू गर्नुपर्ने उनको भनाइ छ । जेन-जी पुस्ताले उठाएका सुशासनका विषयलाई गम्भीर रुपमा लिएर लागू गर्दै जनताको सेवामा कमी हुन दिनु नहुने उनले उल्लेख गरे ।

यसैले अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने उनले चेतावनी दिए। अब पनि त्यस्तै गतिविधि भइरहे अर्को ठूलो विद्रोह हुने र त्यसले कसैलाई नछोड्ने उनले बताए । मन्त्री घिसिङले प्राधिकरणभित्र सुशासन कायम गर्न कटिबद्ध भएर लाग्न निर्देशन दिए । कुनै किसिमको अनियमितता र भ्रष्टाचार गरेको पाइए तत्काल कारबाही हुने उनले बताए ।

यो समाचारमा

काठमाडौँनेपाल विद्युत प्राधिकरणकुलमान घिसिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...