महानगर र उपमहानगरमा घरजग्गा कारोबार गर्न अब लाइसेन्स चाहिने व्यवस्था

Author

सजिलो पत्रिका

२०८२ असोज १०, शुक्रबार

25
Share
Featured

काठमाडौँ। सबै महानगर र उपमहानगरपालिकामा एकपटकमा तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्नेले लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय को प्रस्तावमा मन्त्रिपरिषद्को बिहीबार (असोज ९ गते)को निर्णयमार्फत यस्तो व्यवस्था गरिएको हो । यो व्यवस्था राजपत्रमा सूचना प्रकाशन भएपछि लागु हुनेछ ।

हाल नेपालमा ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन् । यो नियम लागु भएपछि काठमाडौँ,ललितपुर, विराटनगर,भरतपुर, वीरगन्ज र पोखरा महानगरमा घरजग्गाको कारोबार गर्नेहरूले तीन करोडभन्दा बढीको एक पटकमा कारोबार गर्न चाहे अनिवार्य लाइसेन्स लिनुपर्नेछ ।

साथै यो नियम धरान, इटहरी, जनकपुर, हेटौँडा, कलैया, जितपुर–सिमरा, बुटवल, तुल्सीपुर, घोराही, नेपालगन्ज र धनगढी उपमहानगरपालिकामा पनि लागु हुनेछ ।

यो समाचारमा

ललितपुरकाठमाडौँभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयभरतपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...