प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक आइडी, भ्रममा नपर्न आग्रह

Author

सजिलो पत्रिका

२०८२ असोज १०, शुक्रबार

37
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेसबुक र एक्स (ट्वीटर) मा नक्कली आइडी बनाइएका पोस्टहरू सार्वजनिक भएका छन्।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्ता फेक पोस्टहरूको भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ।
  • कार्यालयले फेक आइडी बनाउने र प्रचार गर्नेहरूमाथि कानुनी कारबाही हुने चेतावनी दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेसबुक र एक्स (ट्वीटर) मा नक्कली आइडी बनाएर समाचार तथा पोस्टहरू सार्वजनिक भएको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै यस्ता फेक आइडीका पोस्टहरूको भ्रममा नपर्न सबैमा आग्रह गरेको छ।

कार्यालयले यस्तो गैरकानूनी कार्य गर्नेलाई प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ। विज्ञप्तिमा भनिएको छ, "सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी फेक आइडी बनाई फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार/पोष्टहरु गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ।"


यो समाचारमा

काठमाडौँसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...