देउवा दम्पती र खड्काको सम्पत्तिमाथि अनुसन्धान सुरु

Author

सजिलो पत्रिका

२०८२ असोज ०९, बिहिबार

13
Share
Featured
  • सरकारका तर्फबाट देउवा दम्पती र ऊर्जामन्त्री दीपक खड्काको सम्पत्ति अनुसन्धान सुरु भएको छ।
  • जेनजी आन्दोलनका क्रममा संकलित फुटेज र प्रमाणहरू नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको छ।
  • गैरकानुनी सम्पत्ति आर्जन प्रमाणित भएमा भ्रष्टाचारसम्बन्धी कारबाही प्रक्रिया अघि बढ्ने कानुनी व्यवस्था छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

सरकारले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउबा, उनकी पत्नी तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा र ऊर्जामन्त्री दिपक खड्काको सम्पत्तिसम्बन्धी अनुसन्धान सुरु गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हालैको जेनजी आन्दोलनका क्रममा संकलित फुटेज र अन्य प्रमाणहरू परीक्षणका लागि नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको जनाएको छ।

विभागले आन्दोलनका क्रममा देउवा दम्पती र मन्त्री खड्काको घरमा आगजनीपछि स्थलगत निरीक्षण गरी केही प्रमाणहरू संकलन गरेको थियो। त्यसपछि थप प्रमाणहरू संकलन गरी परीक्षणका लागि प्रहरीलाई पठाइएको स्रोतको भनाइ छ।

शेरबहादुर देउवामाथि प्रधानमन्त्रीका रूपमा भूमिगत गिरोहलाई संरक्षण दिएको, आरजु राणा देउवा नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएको र गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप रहेको छ । त्यस्तै, ऊर्जामन्त्री दीपक खड्कामाथि पदको दुरुपयोग गरी व्यक्तिगत स्वार्थमा आधारित निर्णय गरेर अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ। आन्दोलनको क्रममा भेटिएका डिजिटल फुटेजदेखि खरानीसम्मका वस्तुहरू परीक्षणका लागि प्रयोगशालामा पठाइएको स्रोतको दाबी छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअनुसार प्रमाण नभेटिएसम्म मुद्दा दर्ता गर्न नमिल्ने प्रावधान छ । तर, गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएमा स्वतः भ्रष्टाचारसम्बन्धी कारबाही प्रक्रिया अघि बढ्ने व्यवस्था रहेको छ।

यो समाचारमा

दिपक खड्काशेर बहादुर देउबानेपाली काँग्रेसकाठमाडौँ
आरजु राणा देउवा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...