नख्खु कारागार घटनाबारे छानबिन समिति बनाउने रास्वपाको निर्णय

Author

सजिलो पत्रिका

२०८२ असोज ०९, बिहिबार

17
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १४–१५ मा केन्द्रीय विस्तारित बैठक गर्ने निर्णय गरेको छ।
  • भदौ २४ का घटनामा पार्टी सदस्यहरूको संलग्नता पत्ता लगाउन छानबिन समिति गठन गर्ने र आन्दोलनमा दमनप्रति तत्कालीन मन्त्रीहरूको राजनीतिक गतिविधि रोक्ने निर्णय भएको छ।
  • फागुन २१ को निर्वाचनका लागि वाचापत्र तयार गर्न डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा सात सदस्यीय लेखन समिति गठन गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १४ र १५ गते केन्द्रीय विस्तारित बैठक गर्ने निर्णय गरेको छ। मंगलबार र बुधबार बसेको बैठकले भदौ २४ गते नख्खु कारागारलगायतका स्थानमा भएका घटनामा पार्टी सदस्यहरूको संलग्नता रहे–नरहेकोबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।

त्यस्तै, रास्वपाले भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारको ध्यानाकर्षण गराउने भएको छ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीले उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा सात सदस्यीय वाचापत्र लेखन समिति पनि गठन गरेको छ।

यो समाचारमा

काठमाडौँनख्खु कारागारराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...