घटस्थापनाका पहिलो दिन भद्रकालीमा दर्शन र पूजा गर्नेहरूकाे भीड (तस्विरहरू)

Author

सजिलो पत्रिका

२०८२ असोज ०६, सोमबार

29
Share
Featured

काठमाडौँ 

नेपालीहरूको महान चाड बडादशैं आजबाट औपचारिक रूपमा सुरु भएको छ। नवरात्रको पहिलो दिन आज, असोज ६ गते, देशभर घरघरमा विधिपूर्वक घटस्थापना गरिएको छ। घटस्थापनाका दिन बिहानैदेखि राजधानीको प्रसिद्ध भद्रकाली मन्दिरमा दर्शन गर्ने र गाडी पूजा गर्ने भक्तजनहरूको भीड लागेको देखिन्छ। श्रद्धालुहरू दुर्गा माताको पूजा गरी वर्षभरि सुख, शान्ति र समृद्धिको कामना गर्दै गाडीहरूमा फूलमाला चढाई पूजापाठ गरिरहेका छन्। आजकै दिन विधिपूर्वक पूर्ण कलश (घडा) स्थापना गरी त्यसमा शक्तिस्वरूपा दुर्गा देवीको आह्वान गरिन्छ। स्थापना गरिएको कलशको जलले नवौं दिन अर्थात् विजयादशमीका दिन दुर्गा देवीको अभिषेक गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ। बडादशैंको सुरुआतसँगै मठमन्दिरहरूमा भक्तजनहरूको चहलपहल बढ्न थालेको छ।













यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सिंहदरबारभित्र आज पनि काम छाडेर धर्ना बसे करारका कर्मचारी (तस्बिरहरु)

    काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्। आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न

    Data is loading...

    Loading brands...

    Loading footer...