मुख्यमन्त्री बानियाँ जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ असोज ०३, शुक्रबार

25
Share
Featured
  • जेनजी आन्दोलनको नौ दिनपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पहिलो पटक सार्वजनिक भएर हेटौँडामा क्षतिग्रस्त सरकारी तथा निजी संरचनाहरूको निरीक्षण गरे।
  • आफ्नै घर–व्यवसायमा समेत क्षति पुगेका बानियाँले आन्दोलनलाई गणतन्त्र र संघीयता विरोधी तत्वहरूले हिंसात्मक बनाएको दाबी गर्दै सेवा प्रवाह निरन्तरता दिन वैकल्पिक व्यवस्था खोजिइरहेको बताए।
  • उनले सरकारी र निजी क्षतिको मूल्याङ्कन गरेर आवश्यक कदम चालिने र कानुनी–प्रशासनिक विषयहरू प्रक्रियागत ढंगले समाधान हुने विश्वास व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बागमती प्रदेशमा भएको जेनजी आन्दोलनको नौ दिनपछि मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ पहिलो पटक सार्वजनिक रुपमा देखिएका छन्। आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त सरकारी तथा निजी संरचनाहरूको निरीक्षणका लागि उनी बिहीबार हेटौँडामा उपस्थित भएका हुन्।

मुख्यमन्त्री बानियाँले प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भाटभटेनी सुपर स्टोरलगायतका स्थानहरूको अवलोकन गरेका थिए।

आन्दोलनका क्रममा आफ्ना चारवटा निजी घर तथा व्यवसाय प्रतिष्ठानमा समेत क्षति पुगेपछि केही समय आन्तरिक व्यवस्थापनमा व्यस्त रहेका बानियाँ मंगलबारदेखि पुनः सक्रिय भएका हुन्। उनले यसबीचमा काठमाडौँमा बसेर मन्त्री, सांसद र पार्टीका नेताहरूसँग छलफल गरी क्षति व्यवस्थापनका उपायबारे निर्देशन दिएको बताइएको छ।


निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलनलाई गणतन्त्र र संघीयता विरोधी तत्वहरूले हिंसात्मक रूपमा मोडेको दाबी गर्दै, "यति ठूलो क्षति हुँदाहुँदै पनि हाम्रो संविधान र लोकतान्त्रिक प्रणाली सुरक्षित छ," भने। उनले तत्काल प्रदेश सरकारको सेवा प्रवाह र प्रशासनिक कामकाज प्रभावित नहोस् भन्नका लागि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको जानकारी दिए।

"सरकारी मात्र होइन, निजी संरचनामा भएको क्षतिको पनि मूल्याङ्कन गरेर आवश्यक कदम चालिनेछ," मुख्यमन्त्री बानियाँले भने। उनले सभामुखको राजीनामासहितका कानुनी र प्रशासनिक विषयहरू प्रक्रियागत ढंगले समाधान हुने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री बानियाँको यो सार्वजनिक उपस्थिति र निरीक्षणलाई प्रदेश सरकार क्षति व्यवस्थापन र स्थायित्वतर्फ उन्मुख भएको संकेतका रूपमा लिइएको छ।

यो समाचारमा

इन्द्र बहादुर बानियाँकाठमाडौँबागमती प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चितवनको पुँजीगत खर्च ५८ प्रतिशत मात्रै

    चितवन । चितवन जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८.४१ प्रतिशत खर्च भएको छ ।चितवन बिकासका लागि प्राप्त १० अर्ब २१ करोड ८५ लाखमध्ये पाँच अर्ब ९६ करोड ९३ लाख खर्च भएको हो ।कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख भिमार्जुन ज्ञवालीले पूँजीगततर्फ बजेट खर्च कम हुनुमा निर्धारित समयमा ठेक्काको काम

    Data is loading...

    Loading brands...

    Loading footer...