सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ

Author

सजिलो पत्रिका

२०८२ भदौ ३१, मङ्गलबार

13
Share
Featured
  • नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जस्ता राष्ट्रिय संस्थामा आगजनी गर्नेलाई कुनै हालतमा छुट नदिने स्पष्ट पारे।
  • उनले पार्टी कार्यालयमात्र नभई राष्ट्रको प्रतीक भएका संरचनाहरूमा भएको तोडफोड र लुटपाटको पनि विरोध गरे।
  • श्रेष्ठले माओवादी पार्टीले जेनजी आन्दोलनका मुद्दासँग मिलेर आफ्नो रूपान्तरण र पुनर्गठनमार्फत आन्दोलनका उपलब्धिहरूलाई सफल बनाउने योजना रहेको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले सिंहदरवार जस्ता राष्ट्रिय संस्थाहरू जलाउनेलाई कुनै पनि हालतमा छुट दिन नसकिने बताएका छन्। माओवादी पार्टी कार्यालय सरसफाई गर्ने क्रममा उनले पार्टी कार्यालयमा मात्र नभई राष्ट्रको प्रतीक बनेको सिंहदरबारमा समेत आगजनी गरिएको भन्दै यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नसकिने स्पष्ट पारे।

श्रेष्ठले भने, "सबै ध्वस्त हुने गरी जलाइएको छ, कतिपय सामान लुटिएको छ। सामानहरू पनि सबै तोडफोड गरिएको छ। पार्टी कार्यालयको मात्र कुरा होइन, राष्ट्रको प्रतीक बनेको सिंहदरबार जस्तो संस्थाहरू जलाउनेलाई हामीले कुनै पनि हालतमा छुट दिन सक्दैनौं।"
यस्तै, उनले माओवादी अब जेनजीको मुद्दाहरूसँग मिलेर, आन्दोलनका उपलब्धिहरूलाई सफल पार्न अगाडि बढ्ने पनि बताए। उनले थपे, "अब हामीले जे संकल्प गरेका थियौं कि हाम्रो पार्टीलाई रूपान्तरण र पुनर्गठन गरेर हामी त्यो लक्ष्यमा जान्छौं। जेनजीको मुद्दाहरूसँग मिलेर, त्यो आन्दोलनको उपलब्धिहरूलाई सफल पार्न हामी अगाडि बढ्छौं। हाम्रो सम्भावना छ, हामी जसरी उठ्नु पर्ने हो त्यसैगरी उठ्छौं।"

यो समाचारमा

सिंहदरवारनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँनारायण काजी श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...