काठमाडौँ ।
दशैंको अवसर पारेर मोबाइलमाण्डुले 'दशैं ग्याजेट्स मेला' आयोजना गर्ने भएको छ। असोज १ गते बुधबारदेखि असोज १० गतेसम्म सञ्चालन हुने यो विशेष क्याम्पेनमा उपभोक्ताले ६० प्रतिशतसम्मको आकर्षक छुट, कम्बो अफर, प्रि-बुकिङ सुविधाका साथै विभिन्न रोचक उपहारहरू प्राप्त गर्न सक्नेछन्।
मोबाइलमाण्डुले यस मेलामा ट्याबलेट, ल्यापटप, स्मार्टवाच, इयरबड्सदेखि लिएर विभिन्न होम एप्लायन्ससम्मका उत्पादनहरू उपलब्ध गराउने जनाएको छ। यसका साथै, केही नयाँ उत्पादनहरूको विशेष लन्च पनि यसै मेलामा हुनेछ।
मेलाको मुख्य आकर्षणमध्ये ब्ल्याक शार्कको नयाँ गेमिङ इयरबड 'Rokas' पहिलो तीन ग्राहकले मात्र ९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, 'Chuwi Hi10X Pro' ट्याबलेट पहिलो ग्राहकले ९९९ रुपैयाँमै पाउने विशेष अवसर रहेको कम्पनीले बताएको छ।
कम्पनीले असोज १० गतेसम्म 'दशैं गिभअवे' कार्यक्रम पनि सञ्चालन गर्नेछ, जसअन्तर्गत तीन भाग्यशाली विजेताले करिब २० हजार रुपैयाँ बराबरका उत्पादनहरू उपहारस्वरूप पाउनेछन्। यसका अतिरिक्त, २५०० रुपैयाँभन्दा माथिको खरिदमा नि:शुल्क डेलिभरीको सुविधा, मोबाइल र एप्लायन्समा सजिलो ईएमआई सुविधा र वेबसाइटमार्फत गरिने खरिदमा विशेष उपहार उपलब्ध गराइने मोबाइलमाण्डुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।