काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा (तस्बिरसहित)

Author

सजिलो पत्रिका

२०८२ भदौ ३०, सोमबार

23
Share
Featured

काठमाडौँ

काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा आएका छन् । जेनजी समूहको आन्दोलनका कारण भदौ २३ गतेदेखि बन्द रहेका विद्यालयहरू सुरक्षा अवस्था केही सहज भएपछि आजबाट पुनः खुल्न थालेका हुन् । गत हप्ता काठमाडौं लगायतका शहरी क्षेत्रमा जेनजी समूहको आन्दोलन उग्र बनेपछि सुरक्षा निकायको सिफारिसमा विद्यालयहरू बन्द गर्नुपर्ने अवस्था आएको थियो । अभिभावक र शिक्षकहरूमा चिन्ता बढेपछि शिक्षण संस्थाहरूले केही दिनका लागि पठनपाठन स्थगित गरेका थिए ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परिस्थिति सुधारिएको भन्दै विद्यालयहरू पुनः सञ्चालन गर्न सकिने जानकारी दिएको छ । यससँगै अधिकांश निजी तथा सरकारी विद्यालयहरूले आजबाट नियमित कक्षाहरू सञ्चालन गरेका छन् ।












यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सिंहदरबारभित्र आज पनि काम छाडेर धर्ना बसे करारका कर्मचारी (तस्बिरहरु)

    काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्। आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न

    Data is loading...

    Loading brands...

    Loading footer...