मेयर बालेनद्वारा जेन-जी आन्दोलनकारीप्रति सम्मान व्यक्त, परिवर्तनको श्रेय युवालाई

Author

सजिलो पत्रिका

२०८२ भदौ २८, शनिबार

25
Share
Featured
  • अन्तरिम सरकार गठन र संसद् विघटनपछि मेयर बालेन शाहले जेन-जी युवाप्रति सम्मान र सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवर्तनको श्रेय उनीहरूलाई दिए।
  • बालेनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै युवाको योगदान भावी पुस्तालाई मार्गदर्शक हुने बताए।
  • जेन-जी आन्दोलनका क्रममा ५१ जना मारिएका र सयौँ घाइते भएको घटनालाई बालेनले देश परिवर्तनको आधार भएको टिप्पणी गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मुलुकमा अन्तरिम सरकार गठन र संसद् विघटन भएपछि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आन्दोलनकारी जेन-जी युवाप्रति सम्मान प्रकट गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरी उनकै सिफारिसमा प्रतिनिधि सभा विघटन गरेलगत्तै मेयर बालेनले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका हुन्।

मेयर बालेनले लेखेका छन्, ‘प्रिय जेन-जेड, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ। वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैँ भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईंहरूप्रति असिम सम्मान। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

भ्रष्टाचार र बेथितिविरुद्ध जेन-जीका युवाले भदौ २३ गते काठमाडौँको बानेश्वरलगायत देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा प्रहरी दमन हुँदा १९ जना मारिएका थिए भने सयौँ घाइते भएका थिए। यसको आक्रोशमा भोलिपल्ट आन्दोलन थप चर्काउँदा प्रदर्शनकारीले संसद् भवन, सिंहदरवार तथा सर्वोच्च अदालतसमेत जलाएका थिए। आन्दोलनमा मारिनेको संख्या अहिलेसम्म ५१ पुगेको छ भने कैयौँ घाइते अस्पतालमा उपचाररत छन्। मेयर बालेनले यस परिवर्तनको श्रेय युवा आन्दोलनलाई दिएका छन्।


यो समाचारमा

सुशीला कार्कीकाठमाडौँबालेन्द्र शाह (बालेन)रामचन्द्र पौडेल
सिंहदरवार6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...