प्रधानसेनापति सिग्देल शीतलनिवासमा, अन्तरिम सरकार गठनबारे राष्ट्रपतिसँग छलफल

Author

सजिलो पत्रिका

२०८२ भदौ २७, शुक्रबार

13
Share
Featured
  • प्रधानसेनापति अशोकराज सिग्देल नयाँ सरकार गठनबारे राष्ट्रपति पौडेलसँग छलफल गर्न शीतलनिवास पुगेका छन्।
  • सर्वपक्षीय बैठकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने सहमति भए पनि प्रक्रियागत विवरणमा सहमति जुट्न सकेको छैन।
  • संसद् विघटनबारे मतभेद जारी छ; जेन-जी समूहले विघटन चाहन्छ भने राष्ट्रपति पौडेल सहमत छैनन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

 प्रधानसेनापति अशोक राज सिग्देल नयाँ सरकार गठनको विषयमा छलफल गर्न शीतलनिवास पुगेका छन्। अन्तरिम सरकार गठनका विषयमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति सिग्देलबीच छलफल हुने बताइएको छ।

अन्तरिम सरकार गठनका लागि बिहान ९ बजेका लागि तय भएको वार्ता दिउँसो दुई बजेका लागि सरेको थियो। राष्ट्रपति पौडेलले बिहीबारदेखि राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेन-जी प्रतिनिधिहरूसँग वार्ता गरिरहेका छन्।

बिहीबार नै राष्ट्रपति पौडेलले जेन-जीको माग सम्बोधन हुने गरी संविधानकै दायरामा रहेर समस्या समाधान गर्ने वक्तव्य जारी गरेका थिए। उनले प्रधानसेनापतिसहित संविधान तथा कानुनका विज्ञसँग पनि छलफल गरेका थिए।

यसअघि बिहीबार राति शीतलनिवासमा बसेको सर्वपक्षीय बैठकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति बनेको थियो। उक्त बैठकमा राष्ट्रपति पौडेल, प्रधानसेनापति सिग्देल, सभामुखदेवराज घिमिरे, संवैधानिक कानुनविद्, जेन-जी प्रतिनिधि तथा प्रमुख दलका नेताहरू सहभागी थिए।

तर, छलफलमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष बनाउने भन्ने विषयमा प्रष्ट सहमति जुट्न सकेको छैन। त्यस्तै, संसद् विघटनबारे पनि मतभेद देखिएको छ। जेन-जी समूह संसद् विघटन गर्नुपर्ने अडानमा रहँदै आएको छ भने राष्ट्रपति पौडेल त्यसमा सहमत भएका छैनन्।

यो समाचारमा

रामचन्द्र पौडेलकाठमाडौँअशोक राज सिग्देलदेवराज घिमिरे
सुशीला कार्की4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...