बाह्य चलखेल र गैरनागरिक सरकारको खतराप्रति बारको सजगता

Author

सजिलो पत्रिका

२०८२ भदौ २७, शुक्रबार

15
Share
Featured
  • नेपाल बार एसोसिएसनले जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटको समाधान संविधानको पालना गर्दै संवैधानिक दायराभित्रै खोज्नुपर्नेमा जोड दिएको छ।
  • बारले तत्काल राष्ट्रिय सरकार गठन गर्न सुझाव दिंदै, संवैधानिक सर्वोच्चता, विधिको शासन, लोकतन्त्र र संघीयतामाथि सम्झौता नगर्न आग्रह गरेको छ।
  • बारले युवा पुस्ताको परिवर्तन, भ्रष्टाचारविरुद्धको मागप्रति ऐक्यबद्धता जनाउँदै राष्ट्रपतिलाई कदम चाल्न र बाह्य हस्तक्षेप तथा गैरनागरिक सरकार निर्माणको खतरा प्रति सजग रहन आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल बार एसोसिएसनले जेन–जीको विद्रोहपछिको वर्तमान राजनीतिक संकट समाधानका लागि संविधानको पालना गर्दै संवैधानिक दायराभित्रै निकास खोज्नुपर्नेमा जोड दिएको छ। बारले तत्काल राष्ट्रिय सरकार गठन गर्न पनि सुझाव दिएको छ। बिहीबार बसेको बारका पूर्वपदाधिकारी, पदाधिकारी र सल्लाहकारसहितको 'भर्चुअल' बैठकले मुलुकलाई लामो समय अन्योलमा राख्न नहुने निष्कर्ष निकालेको हो। संविधान र प्रतिनिधिसभा जीवित भएकाले निकास पनि यसैभित्र खोज्नुपर्ने अन्यथा देश अराजकतामा जाने उनीहरूको धारणा थियो।

बारले ६ बुँदे धारणा सार्वजनिक गर्दै संवैधानिक सर्वोच्चता, विधिको शासन तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धन हुने गरी मात्र विकल्प खोज्न आग्रह गरेको छ। लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशिताजस्ता संविधानका मूलभूत उपलब्धिमाथि कुनै सम्झौता नगर्न र यी राष्ट्रिय पहिचानका आधारस्तम्भको रक्षा राष्ट्र प्रमुखका रूपमा राष्ट्रपतिको भूमिका हुनेमा बारले जोड दिएको छ।

युवा पुस्ताको परिवर्तनप्रतिको चाहना, भ्रष्टाचारविरुद्धको माग र राजनीतिमा पुस्तान्तरण हुनुपर्ने मागप्रति बारले ऐक्यबद्धता जनाएको छ। बारले राष्ट्रपति रामचन्द्र पौडेललाई युवा पुस्ताको माग सम्बोधन गर्न र लोकतन्त्रको रक्षाका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ।

बारले वर्तमान राजनीतिक तथा संवैधानिक जटिलताले देशलाई गहिरो संकटतर्फ धकेलिरहेको भन्दै, संविधानको धारा ७६, ७७, ७८ र ६१ को मर्म र भावनाभित्र रहेर संवैधानिक वैधताको निरन्तरता कायम रहने गरी अविलम्ब राष्ट्रिय सरकार गठन गर्न सकिने राय दिएको छ। बारले सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको जेन–जीको माग सम्बोधन गर्न र बाह्य शक्तिको चलखेल तथा गैरनागरिक सरकार गठन हुने खतराप्रति सजग रहन पनि आग्रह गरेको छ।

यो समाचारमा

काठमाडौँनेपाल बार एसोसिएसन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डिजिटलाइजेसन, डेमोग्राफी र डायस्पोरालाई केन्द्रमा राखेर काम गर्नुपर्छ - अर्थमन्त्री वाग्ले

    काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको विकासका लागि ‘डिजिटलाइजेसन’, ‘डेमोग्राफी’ र ‘डायस्पोरा’ (थ्री डी) लाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र नेपालबीचको ६० वर्ष लामो साझेदारीका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यी तीन पक्षले नै वर्तमान नेपालको राजनीतिक र सामाजिक

    Data is loading...

    Loading brands...

    Loading footer...