आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Author

सजिलो पत्रिका

२०८२ भदौ २३, सोमबार

18
Share
Featured
  • कृषि, सहकारी तथा प्राकृतिक स्रोत; राज्य व्यवस्था तथा सुशासन; शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि; विकास, आर्थिक मामिला तथा सुशासन — का बैठक बस्नेछन्।
  • कृषि समितिमा केरा व्यवसायीका समस्या, राज्य व्यवस्था समितिमा प्रहरीसम्बन्धी कानुन संशोधन प्रस्ताव, र शिक्षा समितिमा स्वास्थ्यका समसामयिक विषयमा छलफल हुनेछ।
  • विकास तथा आर्थिक मामिला समितिमा भने राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन मस्यौदा छलफल हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आज चार वटा संसदीय समितिको बैठक बस्ने भएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति,विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएका हुन् । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा केरा व्यवसायी कृषकका समस्याका सम्बन्धमा अर्थ, कृषि तथा पशुपंक्षी विकास र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलय र सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १२ः३० बजे सुरु हुनेछ । 

बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने माननीयज्यूहरुसँग छलफल हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्य सम्बन्धी समसामयिक विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल हुनेछ । बैठक बिहान ११ः३० बजे सुरु हुनेछ । 

त्यस्तै, विहान ९ः०० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन मस्यौदा बारेमा छलफल हुने कार्यसूची छ ।


यो समाचारमा

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयनेपाल प्रहरीकाठमाडौँस्वास्थ्य तथा जनसंख्या मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...