काठमाडौँमा डेङ्गीको जोखिम बढ्दो, कात्तिकसम्म सचेत रहन महानगरको आग्रह

Author

सजिलो पत्रिका

२०८२ भदौ २१, शनिबार

22
Share
Featured
  • काठमाडौँ महानगरपालिकाले आगामी कात्तिकसम्म डेङ्गीको उच्च जोखिम रहने भन्दै नगरवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
  • कामपाले "लामखुट्टेको वासस्थान खोज र नष्ट गर" अभियान सञ्चालन गर्दै पानी नजम्ने व्यवस्था, सरसफाइ र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको छ।
  • डेङ्गी एडिस एजिप्टाई पोथी लामखुट्टेद्वारा सर्ने भएकाले घर–घरमै पानीका भाँडा, गमला, टायर आदिमा लार्भा नबन्ने व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिका (कामपा) ले आगामी कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहने भन्दै थप सचेत रहन नगरवासीलाई आग्रह गरेको छ। पछिल्लो समय कामपाका ३२ वटै वडामा डेङ्गीका बिरामीको सङ्ख्या बढेको कामपा स्वास्थ्य विभागले जानकारी दिएको छ।

भदौदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम बढी हुने भएकाले कामपाले यसलाई महामारीको रूप लिन सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ। कामपा स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन ऋषिप्रसाद भुसालका अनुसार, डेङ्गी नियन्त्रणका लागि सरकारको प्रयासका साथै प्रत्येक नागरिकले घरघरबाट पहल गर्नु अपरिहार्य छ।

भुसालका अनुसार, कामपाले लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, माइकिङ गर्ने र नगरवासीलाई सचेत गराउने काम गरिरहेको छ। यसअघिबाट नै "लामखुट्टेको वासस्थान खोज र नष्ट गर" अभियान सञ्चालन गर्दै आएको कामपाले पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइका लागि जनचेतनामूलक अभियान जारी राखेको छ।
डेङ्गीको जोखिम कम गर्न र सावधानी अपनाउन समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको छ। भुसालले भने, "घरमा भएका गमला, ड्रम, तथा सफा पानीमा डेङ्गीको लार्भा छन्। घरभित्रनै लामखुट्टे उत्पादन गर्ने कारखाना भइसकेको छ।" सामान्य जानकारीको अभावमा डेङ्गी फैलिरहेकाले यसलाई नियन्त्रण गर्न "खोज र नष्ट गर" अभियान सबैभन्दा उत्तम हुने उनको भनाइ छ। यसका साथै, कामपाले स्कुल–स्कुलमा पुगेर बालबालिकामार्फत डेङ्गी नियन्त्रणका लागि सचेतना कार्यक्रम गरिसकेको छ।

डेङ्गी भाइरसद्वारा सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। यो लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइन्छ र सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ। विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्छ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुनेको पहिचान खुल्यो

    काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा मंगलबार बिहान कारभित्रै जलेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक व्यक्ति कारधनी सुरेशचन्द श्रेष्ठ हुन्।बा ५ च ३०३८ नम्बरको कारमा आगलागी हुँदा श्रेष्ठको कारभित्रै जलेर मृत्यु भएको थियो। प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले मृतकको पहिचान भएको पुष्टि गर्दै

    Data is loading...

    Loading brands...

    Loading footer...