थाइल्यान्डमा आज नयाँ प्रधानमन्त्री चयन गरिँदै, अनुतिन प्रबल दाबेदार

Author

सजिलो पत्रिका

२०८२ भदौ २०, शुक्रबार

32
Share
Featured

काठमाडौँ

थाइल्यान्डमा आज नयाँ प्रधानमन्त्री चयन गरिँदैछ, जसका लागि संसद बैठक जारी छ। देशको संविधानअनुसार सन् २०२० को आमचुनावमा छनोट भएका पाँच उम्मेदवार मात्र प्रधानमन्त्री पदका निम्ति योग्य छन्। तीमध्ये भूमजैथाई पार्टीका नेता अनुतिन चार्नविराकुललाई प्रबल दाबेदार मानिएको छ।

गएको साता थाइल्यान्डको संवैधानिक अदालतले फू थाई पार्टीकी नेता पेटोङटार्न सिनावात्रालाई प्रधानमन्त्री पदबाट हटाएको थियो। उनीमाथि कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँग सीमा विवाद चलिरहेका बेला फोनमा कुरा गरेको आरोप थियो। यसलाई राजनीतिक नैतिकताको नियमको उल्लंघन मानिएको थियो।

यो समाचारमा

काठमाडौँकम्बोडियाथाइल्यान्ड

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...