काठमाडौँ ।
सरकारले सम्झौताअनुसार सन्तोषजनक काम नगर्ने ११ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीहरूलाई कालोसूचीमा राखेको जानकारी दिएको हो ।
कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।
कुन–कुन कम्पनी परे कालोसूचीमा ?

कार्यालयका अनुसार, कास्यप निर्माण सेवा एण्ड सप्लायर्सलाई दुई वर्ष, मष्टा भवानी निर्माण सेवालाई डेढ वर्ष र अन्य नौ कम्पनीलाई एक-एक वर्षका लागि कालोसूचीमा राखिएको हो । सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार ठेक्का सम्झौताको शर्त पूरा नगर्ने कम्पनीहरूलाई सम्बन्धित निकायको सिफारिसमा कालोसूचीमा राख्ने गरिन्छ ।