डेंगु नियन्त्रण गर्न काठमाडौं महानगरको ‘वाक एन्ड एक्ट’ मेगा अभियान सुरु

Author

सजिलो पत्रिका

२०८२ भदौ ०६, शुक्रबार

28
Share
Featured
  • डेंगु नियन्त्रणका लागि आज बिहान ८ बजेबाट सबै वडामा एकैसाथ विशेष सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सुरु गरिएको।
  • लामखुट्टे बासस्थान नष्ट गर्ने, पानी जम्ने ठाउँ सफा गर्ने, र माइकिङमार्फत जनचेतना फैलाउने कार्यहरू सञ्चालन।
  • आफ्ना घर र टोल सफा राख्न तथा अभियानमा सक्रिय सहभागिता जनाउन महानगरपालिकाले सबैलाई आग्रह गरेको।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

काठमाडौंमा डेंगु रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले आज एकदिने विशेष अभियान सञ्चालन गरेको छ । ‘वाक एन्ड एक्ट’ नाम दिइएको यो मेगा अभियान बिहान ८ बजे राष्ट्रिय सभागृहबाट सुरु भएको हो ।

महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीका अनुसार, अभियान महानगरका सबै वडाहरूमा एकैसाथ, एकै समयमा सञ्चालन भइरहेको छ । अभियानका क्रममा डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर नष्ट गर्ने, पानी जम्न सक्ने सम्भावित ठाउँहरू सफा गर्ने र लामखुट्टेको टोकाइबाट बच्ने उपायबारे जनचेतना फैलाउने काम गरिनेछ ।

"हामीले लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने र माइकिङमार्फत सर्वसाधारणलाई सचेत गराउने जस्ता कार्यक्रमहरू एकैपटक सबै वडामा सञ्चालन गरिरहेका छौं," प्रमुख केसीले भने ।

गत साउन २७ गते बसेको विभागीय बैठकको निर्णयअनुसार यो बृहत् अभियान आयोजना गरिएको हो । यसअघि महानगरपालिकाले हरेक हप्ताको शुक्रबार डेंगु नियन्त्रणका लागि यस्तै प्रकृतिको सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको थियो । पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि नियन्त्रण प्रयासलाई थप प्रभावकारी बनाउन यो एकदिने मेगा अभियान सुरु गरिएको महानगरले जनाएको छ ।

महानगरले यस अभियानमा सक्रिय रूपमा सहभागी भई आफ्नो घर तथा टोल सफा राख्न सबै नगरवासीलाई अपिल समेत गरेको छ ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...