अर्थमन्त्री पौडेल र सचिवहरूबीच कार्यसम्पादन सम्झौता

Author

सजिलो पत्रिका

२०८२ साउन ३०, शुक्रबार

50
Share1
Featured
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मन्त्रालयका सचिवहरूबीच कार्यसम्पादन सम्झौता सम्पन्न भई जिम्मेवारीमा थप स्पष्टता र जवाफदेही बढाइएको छ।
  • सम्झौतामा अर्थ सचिव, राजस्व सचिव र महालेखा नियन्त्रकले हस्ताक्षर गरेका छन्, जसले चालु आर्थिक वर्षका लक्ष्यहरू पूरा गर्न सघाउने अपेक्षा गरिएको छ।
  • नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्झौता महत्वपूर्ण हुने विश्वास लिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मन्त्रालयको कामलाई थप प्रभावकारी र नतिजामुखी बनाउने उद्देश्यले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मन्त्रालयका सचिवहरूबीच कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलसँग छुट्टाछुट्टै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नुभयो।

यस सम्झौताले चालु आर्थिक वर्षका लागि निर्धारित लक्ष्यहरू प्राप्त गर्न र सम्बन्धित सचिवहरूलाई आफ्नो जिम्मेवारीप्रति थप जवाफदेही बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ। कार्यसम्पादन सम्झौताले मन्त्रालयका नीति तथा कार्यक्रमहरूको कार्यान्वयनलाई चुस्त बनाउने अपेक्षा गरिएको छ।

यो समाचारमा

अर्थ मन्त्रालयकाठमाडौँविष्णुप्रसाद पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारमा कांग्रेसका मन्त्रीहरूको जिम्मेवारी हेरफेर, यस्तो छ नयाँ कार्यविभाजन

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारमा रहेका तीन बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्। सत्ता गठबन्धनबाट नेकपा (एमाले) बाहिरिएपछि रिक्त रहेका मन्त्रालयहरूमा मुख्यमन्त्रीले कार्यविभाजन गरेका हुन्।नयाँ जिम्मेवारीअनुसार नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेकी विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र उर्मिला

    Data is loading...

    Loading brands...

    Loading footer...