निराश युवालाई गगन थापाको अपिल– 'त्यसो नगर साथी, हामी छौं'

Author

सजिलो पत्रिका

२०८३ साउन ०७, बिहिबार

6
Share1
Featured
  • नेपाली कांग्रेसका सभापति गगन थापाले निराशामा रहेका युवालाई आत्महत्या नगर्न आग्रह गर्दै भने, "त्यसो नगर साथी, हामी छौं।"
  • संकटमा परेका नागरिकलाई एक्लो महसुस नगर्न र सबै मिलेर समस्या समाधान गर्न सकिने उनको भनाइ।
  • कांग्रेसले ‘नेपाली कांग्रेस फर नेसनल कज’ अभियान घोषणा गर्दै पार्टीका हरेक समितिले ५०% राजनीतिक र ५०% सामाजिक काम गर्ने नीति अघि सारेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले आर्थिक, सामाजिक वा अन्य कुनै पनि कारणले निराश भई आत्महत्याको सोचमा पुगेका युवाहरूलाई त्यसो नगर्न भावुक अपिल गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहलाई सम्बोधन गर्दै थापाले संकटको बेला नागरिकलाई एक्लो महसुस नगर्न आग्रह गरे।

"कहीँ कतै कुनै नेपालीले आफ्नो जीवन नै अन्त्य गरौं भन्ने सोच बनाइरहेको छ भने म भन्न चाहन्छु—त्यसो नगर साथी, हामी छौं। हामी सम्हाल्छौं," थापाले भने, "एक्लै नसकिएला, मिलेर सक्छौं।" उनले बीपी कोइरालाको आदर्श स्मरण गर्दै नागरिकको दुःखमा साथ दिनु नै राजनीतिको मूल जिम्मेवारी भएको बताए। भोट मात्र माग्ने नभई पीडाको बेला देखिने कांग्रेस नै वास्तविक कांग्रेस हुने उनको जिकिर थियो।

सोही अवसरमा सभापति थापाले ‘नेपाली कांग्रेस फर नेसनल कज’ नामक नयाँ अभियानको घोषणा गरे। अब कांग्रेसका हरेक समितिले ५० प्रतिशत राजनीतिक र ५० प्रतिशत सामाजिक वा सामुदायिक काम गर्नुपर्ने नीति पारित गरिएको उनले जानकारी दिए। नागरिकको कल्याण र अधिकारका पक्षमा केन्द्रित रहेर काम गर्नु नै यो नयाँ अभियानको मुख्य उद्देश्य रहेको थापाको भनाइ छ।

यो समाचारमा

नेपाली काँग्रेसगगन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारमा कांग्रेसका मन्त्रीहरूको जिम्मेवारी हेरफेर, यस्तो छ नयाँ कार्यविभाजन

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारमा रहेका तीन बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्। सत्ता गठबन्धनबाट नेकपा (एमाले) बाहिरिएपछि रिक्त रहेका मन्त्रालयहरूमा मुख्यमन्त्रीले कार्यविभाजन गरेका हुन्।नयाँ जिम्मेवारीअनुसार नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेकी विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र उर्मिला

    Data is loading...

    Loading brands...

    Loading footer...