बागमती सरकारमा कांग्रेसका मन्त्रीहरूको जिम्मेवारी हेरफेर, यस्तो छ नयाँ कार्यविभाजन

Author

सजिलो पत्रिका

२०८३ साउन ०७, बिहिबार

26
Share2
Featured
  • बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले तीन बिनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्।
  • विनु रायमाझी, सुरेश श्रेष्ठ र उर्मिला नेपाललाई क्रमशः भौतिक पूर्वाधार, उद्योग–पर्यटन–श्रम–यातायात र कृषि–वन मन्त्रालयको जिम्मा दिइएको छ।
  • एमालेले सरकारबाट समर्थन फिर्ता लिएर ६ मन्त्रीले राजीनामा दिएपछि रिक्त मन्त्रालयमा नयाँ कार्यविभाजन गरिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारमा रहेका तीन बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्। सत्ता गठबन्धनबाट नेकपा (एमाले) बाहिरिएपछि रिक्त रहेका मन्त्रालयहरूमा मुख्यमन्त्रीले कार्यविभाजन गरेका हुन्।

नयाँ जिम्मेवारीअनुसार नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेकी विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसअघि नै कांग्रेसबाट कन्चनचन्द्र बादे (स्वास्थ्य तथा सामाजिक विकास), शिवराज अधिकारी (आन्तरिक मामिला, कानुन तथा सहकारी) र प्रभात तामाङ (आर्थिक मामिला तथा योजना) मन्त्रीका रूपमा कार्यरत छन्। बुधबार एमालेका ६ मन्त्रीहरूले राजीनामा दिएर सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले यो नयाँ कार्यविभाजन गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निराश युवालाई गगन थापाको अपिल– 'त्यसो नगर साथी, हामी छौं'

    काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले आर्थिक, सामाजिक वा अन्य कुनै पनि कारणले निराश भई आत्महत्याको सोचमा पुगेका युवाहरूलाई त्यसो नगर्न भावुक अपिल गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहलाई सम्बोधन गर्दै थापाले संकटको बेला नागरिकलाई एक्लो महसुस नगर्न आग्रह गरे।"कहीँ कतै कुनै

    Data is loading...

    Loading brands...

    Loading footer...