मौलिकता र उल्लाससहित भक्तपुरमा आठ दिने गाईजात्रा सुरु(तस्बिरहरु)

Author

सजिलो पत्रिका

२०८२ साउन २५, आइतबार

35
Share
Featured
  • भक्तपुरमा गाईजात्रा पर्व दिवङ्गत आफन्तको सम्झनामा आज विशेष परम्परा र उल्लासका साथ सुरु भएको छ, ताहामचा निकालेर नगर परिक्रमा गरियो।
  • युवकहरूको लौरो ठोक्काउँदै नाच्ने परम्परागत घिन्ताङ घिसी नाच जात्राको मुख्य आकर्षण बनेको छ, सर्वसाधारणको भीड लागेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मृत्युशोकमा परेका परिवारलाई सान्त्वना दिन तथा दिवङ्गत आफन्तको सम्झनामा मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज भक्तपुरमा विशेष उल्लास र मौलिक परम्परासहित सुरु भएको छ। विशेषगरी यहाँको प्रसिद्ध घिन्ताङ घिसी नाच र कलात्मक ताहामचाले जात्राको रौनक बढाएको छ। आज बिहानैदेखि भक्तपुरका टोल-टोलबाट एक वर्षभित्र दिवङ्गत भएकाहरूको सम्झनामा कलात्मक ताहामचा (बाँसले बनाएको गाईको प्रतीक) निकालेर नगर परिक्रमा गराइएको छ। 


भक्तपुरको गाईजात्राको मुख्य आकर्षणको रूपमा घिन्ताङ घिसी नाच रहेको छ। युवकहरूको लामो लर्कोले एक आपसमा लौरो ठोक्काउँदै, परम्परागत बाजाको तालमा लयबद्ध रूपमा नाच्ने यो नाच हेर्न सर्वसाधारणको घुइँचो लागेको छ। भक्तपुरमा गाईजात्रा पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमी (कृष्ण जन्माष्टमी) सम्म आठ दिनसम्म मनाइन्छ।












यो समाचारमा

भक्तपुरकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सिंहदरबारभित्र आज पनि काम छाडेर धर्ना बसे करारका कर्मचारी (तस्बिरहरु)

    काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्। आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न

    Data is loading...

    Loading brands...

    Loading footer...