संशोधित नियमावली खारेज नभएसम्म न्यायाधीश नियुक्तिलाई स्वागत गर्दैनौँ : नेपाल बार

Author

सजिलो पत्रिका

२०८२ साउन २४, शनिबार

13
Share
Featured
  • नेपाल बार एसोसिएसनले न्याय परिषद्को संशोधित नियमावली खारेज नभएसम्म उच्च अदालतका लागि गरिएको न्यायाधीश सिफारिसलाई स्वागत नगर्ने घोषणा गरेको छ।
  • बारले पारदर्शी, वस्तुनिष्ठ, समानुपातिक समावेशी सिद्धान्तअनुसार न्यायाधीश नियुक्ति प्रक्रिया हुनुपर्ने र विभेदकारी नियमावली तत्काल खारेज गर्नुपर्ने माग गरेको छ।
  • आफूलाई न्याय प्रणालीको महत्त्वपूर्ण साझेदार मानेर पनि आफ्ना मागहरू बेवास्ता गरिएको भन्दै बारले गम्भीर असन्तुष्टि जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल बार एसोसिएसनले न्याय परिषद्को संशोधित नियमावली खारेज नभएसम्म परिषद्बाट हुने कुनै पनि न्यायाधीश नियुक्तिलाई स्वागत नगर्ने घोषणा गरेको छ। बारले न्याय परिषद्ले हालै उच्च अदालतका लागि गरेको न्यायाधीश सिफारिसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो अडान सार्वजनिक गरेको हो।

बारका महासचिव केदारप्रसाद कोइरालाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बिहीबार न्याय परिषद्ले उच्च अदालतका लागि गरेको २७ जना न्यायाधीश नियुक्तिको सिफारिसलाई बारले स्वागत नगर्ने स्पष्ट पार्नुभएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘न्याय परिषद्को संशोधित र विभेदलाई प्रश्रय दिने नियमावली तत्काल खारेज हुनुपर्ने, न्यायाधीश नियुक्तिका लागि पारदर्शी, वस्तुनिष्ठ र पूर्वानुमानयोग्य मापदण्ड निर्धारण गरिनुपर्ने र संविधानको मर्मबमोजिम समानुपातिक समावेशी सिद्धान्तलाई पूर्णतः कार्यान्वयन गरिनुपर्ने हाम्रो अविचलित माग हो।’

बारले आफ्ना मागहरू पूरा नभएसम्म र उक्त संशोधित नियमावली खारेज नभएसम्म न्याय परिषद्बाट हुने कुनै पनि नियुक्तिलाई स्वीकार नगर्ने दृढता व्यक्त गरेको छ। बारले आफूलाई न्याय प्रणालीको एक अभिन्न अङ्ग र न्याय परिषद्को महत्त्वपूर्ण साझेदारको रूपमा उल्लेख गर्दै आफ्ना मागहरूलाई बेवास्ता गरिएकोमा असन्तुष्टि जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भूमिहीन र सुकुमवासीलाई जग्गाका लागि निवेदन दिन सरकारको अन्तिम आह्वान

    काठमाडौं । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि अन्तिम पटक निवेदन माग गरेको छ। भूमि समस्या समाधान समितिले एक सूचना जारी गर्दै योग्य नागरिकहरूलाई तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको हो।समितिका अनुसार, जग्गा पाउन इच्छुक स्थानीय तहका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...