रास्वपा केन्द्रीय समिति बैठक बस्दै

Author

सजिलो पत्रिका

२०८२ साउन २३, शुक्रबार

30
Share
Featured
  • आज दिउँसो १ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा रास्वपाको बैठक बस्दैछ, जसमा समसामयिक राजनीति र पार्टी सुदृढीकरणबारे छलफल हुनेछ।
  • उपचुनाव तयारी, निजामती विधेयक, भिजिट भिसा प्रकरण, संसदमा सांसदहरूको भूमिका, तथा कुलिङ अफ् पिरियड छानबिन समितिको प्रतिवेदन बैठकका मुख्य विषय हुन्।
  • बैठकमा विधान संशोधन, विभागीय प्रगति रिपोर्ट, प्रदेश इन्चार्जहरूको प्रस्तुति, र सचिवालय निर्णय अनुमोदनलगायत विषयमा निर्णय गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुनेछ, जसमा समसामयिक राजनीतिक परिस्थितिदेखि पार्टीको आन्तरिक सुदृढीकरणसम्मका महत्त्वपूर्ण विषयमा छलफल हुने भएको छ।

बैठकका मुख्य एजेन्डाहरूमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपचुनावको तयारी, निजामती कर्मचारी विधेयक अन्तर्गतको ‘कुलिङ अफ् पिरियड’ छानबिन समितिको प्रतिवेदन र भिजिट भिसा प्रकरण रहेका छन्। साथै, संसदमा पार्टीका सांसदहरूको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने बताइएको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव, केन्द्रीय विभागहरूको प्रगति समीक्षा र प्रदेश इन्चार्जहरूले आ-आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गर्ने कार्यक्रम छ।

यसका साथै, बैठकले हालै सम्पन्न सचिवालय बैठकका निर्णयहरूमाथि छलफल गरी अनुमोदन गर्नेछ। प्रवक्ता झाले पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने प्रस्तावमाथि पनि बैठकले निर्णय गर्ने जानकारी दिए।

यो समाचारमा

काठमाडौँरुपन्देहीराष्ट्रिय स्वतन्त्र पार्टीमनिष झा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...