विगतका अनुभवबाट पाठ सिकेर बजेटमा सुधार गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

Author

सजिलो पत्रिका

२०८२ साउन २१, बुधबार

29
Share
Featured
  • मुख्यमन्त्री यामलाल कँडेलले बजेट निर्माणमा सुधार र तीन तहबीच समन्वयको आवश्यकता औंल्याउँदै पारदर्शी र प्रभावकारी योजना कार्यान्वयनमा जोड दिए।
  • 'आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रिया' र 'आयोजना बैंक मापदण्ड' सम्बन्धी मस्यौदामाथि छलफल गर्दै विभिन्न दलका प्रतिनिधिहरूले सुझाव र धारणा प्रस्तुत गरे।
  • नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले आवश्यकता आधारित योजना, सुशासन, र मस्यौदालाई सरल बनाउने सुझाव दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विगतका अभ्यास र अनुभवबाट पाठ सिक्दै आगामी आर्थिक वर्षको बजेट निर्माणमा सुधार गर्नुपर्नेमा जोड दिएका छन्। कर्णाली प्रदेश योजना आयोगले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कर्णालीको समग्र विकासका लागि योजना निर्माणदेखि कार्यान्वयनसम्मका प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने बताए। मुख्यमन्त्री कँडेलले तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको औंल्याउँदै जनताले सबै सरकारको कामलाई एउटै दृष्टिकोणले हेर्ने भएकाले योजना छनोट, कार्यान्वयन र मूल्याङ्कनमा एकरूपता र पारदर्शिता हुनुपर्ने बताए।

"प्रदेशको समुचित विकासका लागि योजना छनोटदेखि बजेट विनियोजनसम्मको प्रक्रियामा सुधार आवश्यक छ," उनले भने।

उक्त कार्यक्रममा प्रदेश योजना आयोगले तयार पारेको ‘कर्णाली प्रदेशको आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१’ र ‘कर्णाली प्रदेश आयोजना बैंक (कार्यसञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१’ को प्रारम्भिक मस्यौदामाथि छलफल गरिएको थियो।

कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरूले पनि आफ्नो धारणा राखेका थिए। नेपाली काँग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले सङ्कलनमुखीभन्दा पनि आवश्यकता र प्रभावमा आधारित योजना बनाउनुपर्नेमा जोड दिएका छन्।

त्यस्तै, नेकपा एमालेका सचेतक टेकराज पछाईले नयाँ कार्यविधिले कर्णालीमा सुशासनको सकारात्मक सङ्केत दिएको बताए। उनले विगतका कमजोरीलाई सुधार्दै परिणाममुखी योजना कार्यान्वयनका लागि यसले आधार तयार गर्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की प्रदेशसभा सदस्य उर्मिला विश्वकर्माले प्रस्तुत मस्यौदाप्रति सन्तोष व्यक्त गर्दै यसलाई अझै सरल र व्यावहारिक बनाउन सुझाव दिएका छन्।

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)कर्णाली प्रदेशकाठमाडौँयामलाल कँडेल
नेपाली काँग्रेस4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...