रोकिएको लाइसेन्सको छपाइ सुचारु हुने, इम्बोस्ड प्लेट जडान अनिवार्य गरिने

Author

सजिलो पत्रिका

२०८२ साउन २१, बुधबार ०६:०८

43
Share
Featured
  • २०८२ असोज १ गतेदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य हुने, नामसारी, दर्ता र नवीकरणमा समेत लागू हुने निर्णय।
  • रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्य भदौ मसान्तभित्र सुरु गर्ने र कोशी, बागमती, गण्डकी प्रदेशमा छपाइ प्रक्रिया अघि बढाउन अनुमति दिने निर्णय।
  • राजस्वमा एकरूपता, तथ्याङ्क डिजिटलाइजेसन, विद्युतीय भुक्तानी प्रणाली र राइड सेयरिङ सेवा व्यवस्थित गर्ने जस्ता सुधारात्मक निर्णयहरू गरिएको।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

सरकारले आगामी २०८२ साल असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार बसेको प्रदेशका मन्त्री तथा सचिवहरू सम्मिलित विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको हो।

निर्णयअनुसार, सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ। यसको प्रभावकारी कार्यान्वयनका लागि यातायात व्यवस्था विभागले प्राविधिक सहयोग उपलब्ध गराउनेछ भने गृह मन्त्रलयसँग समन्वय गरी ट्राफिक प्रहरीलाई समेत परिचालन गरिनेछ।

बैठकले रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको कामलाई पनि गति दिने निर्णय गरेको छ। सुरक्षण मुद्रण केन्द्रलाई भदौ मसान्तभित्रै छपाइ सुरु गर्न अनुरोध गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ। यसअघि केन्द्र र यातायात व्यवस्था विभागबीच २०८२ असार मसान्तसम्ममा छपाइ सुरु गर्ने सहमति भएको थियो।

त्यसैगरी, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशले लाइसेन्स छपाइका लागि खरिद प्रक्रिया अगाडि बढाइसकेकाले उनीहरूलाई छपाइको काम अविलम्ब सुचारु गर्न सुरक्षण मुद्रण केन्द्रले अनुमति दिन अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले १० वर्षे अवधिको सवारी चालक अनुमति पत्रको राजस्वमा एकरूपता कायम गर्ने, तथ्याङ्कलाई डिजिटलाइज गर्ने, भुक्तानी प्रणालीलाई विद्युतीय बनाउने र राइड सेयरिङ सेवालाई एकरूपता दिएर व्यवस्थित गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ।

बैठकमा मन्त्री दाहालले संविधान र ऐनले निर्दिष्ट गरेका व्यवस्था कार्यान्वयन गर्दै संघीयतालाई बलियो बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए। मन्त्रालयका सचिव केशवकुमार शर्माले बैठकमा विगतका निर्णयको समीक्षा गर्दै आगामी कार्यदिशा तय गरिएको बताए।

यो समाचारमा

काठमाडौँकोशी प्रदेशदेवेन्द्र दाहालबागमती प्रदेश
गण्डकी प्रदेश5 more

ट्यागहरू

#सवारी चालक अनुमति पत्र#इम्बोस्ड नम्बर प्लेट#बैठक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    sajilo patrika

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    डेढ घण्टाको अवरोधपछि फेसबुक र इन्स्टाग्राम पुनः सञ्चालनमा

    पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १२३ घाइते

    बाल सुधार गृहमा अब एआई र सीपमूलक तालिम, रासन खर्च बढाउन मन्त्री वादीको पहल

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू