दुर्गा प्रसाईलाई २८ लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

Author

सजिलो पत्रिका

२०८२ साउन १९, सोमबार

59
Share
Featured
  • उच्च अदालत पाटनले दुर्गा प्रसाईलाई दुई छुट्टाछुट्टै मुद्दामा कुल २८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
  • जिल्ला अदालतको पुर्पक्ष थुनाको आदेश उल्टाउँदै न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
  • झडपसम्बन्धी मुद्दामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटी माग गरिएको छ, जहाँ १८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उच्च अदालत पाटनले विवादास्पद व्यवसायी दुर्गा प्रसाद प्रसाईलाई दुई छुट्टाछुट्टै मुद्दामा कुल २८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई उल्टाउँदै उच्च अदालतले यस्तो आदेश दिएको हो।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो। अदालतले तीनकुनेमा भएको झडपको घटनासँग सम्बन्धित मुद्दामा प्रसाईसँग ३ लाख रुपैयाँ धरौटी माग गरेको छ।

त्यस्तै, बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरिएको छ। उक्त बैंकिङ कसुर मुद्दामा उनीविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो। दुवै मुद्दामा माग गरिएको धरौटी रकम बुझाएपछि प्रसाई थुनामुक्त हुनेछन्।

यो समाचारमा

दुर्गा प्रसाद प्रसाईकाठमाडौँउच्च अदालत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...