'संसद दुरुपयोग भयो, अब प्रतिवाद गर्छौं': कांग्रेसको रास्वपा-राप्रपालाई चेतावनी

Author

सजिलो पत्रिका

२०८२ साउन १९, सोमबार

29
Share
Featured
  • नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणलाई लिएर संसदको दुरुपयोग गरिरहेको आरोप लगाए।
  • घिमिरेले संसदमा निरन्तरको अवरोध र बाहिरिने शैलीले संसदको मर्यादा घटाएको भन्दै अब कांग्रेस पनि प्रतिवादमा उत्रिन सक्ने चेतावनी दिए।
  • सत्तापक्ष संसद अवरुद्ध भएकोमा असन्तुष्ट छ भने प्रतिपक्ष निष्पक्ष छानबिनको अडानमा अडिग, जसले आगामी संसद बैठकहरू तनावपूर्ण बनाउने सम्भावना देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणलाई लिएर संसदको दुरुपयोग गरिरहेको गम्भीर आरोप लगाएका छन्। उनले प्रतिपक्षी दलहरूको विरोध शैली नरोकिए अब कांग्रेस प्रतिवादमा उत्रिने चेतावनीसमेत दिएका छन्।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले रास्वपा र राप्रपाको निरन्तरको संसद बहिष्कारप्रति आपत्ति जनाए। उनले भिजिट भिसाको विषयलाई लिएर संसदको मर्यादा र गरिमा गिराउने काम भइरहेको टिप्पणी गरे।

"भिजिट भिसाको विषयलाई लिएर दुई महिनाभन्दा बढी समयदेखि संसदमा अवरोध भइरहेको छ। यो संसदको दुरुपयोग हो," घिमिरेले भने, "अब पनि संसदमा उभिएर अरुलाई गाली गरेर आफू बाहिरिने प्रवृत्ति नरोकिए हामी प्रतिवादमा उत्रिन बाध्य हुनेछौं।"

उल्लेखनीय छ, गृहमन्त्री रमेश लेखक मुछिएको भनिएको भिजिट भिसा प्रकरणमा न्यायिक वा संसदीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाले विगत दुई महिनाभन्दा बढी समयदेखि निरन्तर संसदमा विरोध तथा बहिष्कार गर्दै आएका छन्।

प्रमुख सचेतक घिमिरेको यो अभिव्यक्तिले सत्तापक्ष र प्रतिपक्षीबीचको दूरी झनै बढेको संकेत गरेको छ। एकातिर प्रतिपक्षी दलहरू निष्पक्ष छानबिनको मागबाट पछि नहट्ने अडानमा छन् भने अर्कोतिर सत्तापक्षले संसदलाई बन्धक बनाइएको भन्दै आपत्ति जनाइरहेको छ। यसले आगामी दिनमा संसद बैठक थप तनावपूर्ण बन्न सक्ने देखिएको छ।

यो समाचारमा

श्याम कुमार घिमिरेराष्ट्रिय स्वतन्त्र पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टीनेपाली काँग्रेस
रमेश लेखक6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...