प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, कार्यवाहकको जिम्मेवारी सिंहलाई

Author

सजिलो पत्रिका

२०८२ साउन १९, सोमबार

31
Share
Featured
  • प्रधानमन्त्री केपी शर्मा ओली एलएलडिसीको तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा भाग लिन तुर्कमेनिस्तानको अवाजा सहर गएका छन्।
  • ओलीले सम्मेलनमा अध्यक्षीय सम्बोधन दिने र उच्चस्तरीय गोलमेच बैठकमा सहअध्यक्षता गर्नेछन्। साथै, विभिन्न अन्तर्राष्ट्रिय नेताहरूसँग भेटवार्ता पनि गर्ने कार्यक्रम छ।
  • ओलीको अनुपस्थितिमा उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन  तुर्कमेनिस्तान प्रस्थान गएका छन् । 

ओली आइतबार मध्यराति फ्लाई दुबईको उडानबाट दुबई हुँदै  तुर्कमेनिस्तान प्रस्थान गरेका हुन् । नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुँदैछ ।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । उनले एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता पनि गर्नेछन् । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमाले सांसद सूर्य बहादुर थापा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा.डा.दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीसमेत छन् ।

प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने छन् । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी तोकेका छन् ।

नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो समाचारमा

तुर्कमेनिस्तानखड्गप्रसाद शर्मा ओलीरामचन्द्र पौडेलप्रकाशमान सिंह
परराष्ट्र मन्त्रालय6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...