थाइल्यान्ड-कम्बोडिया युद्धविरामका लागि ट्रम्पको आग्रह, दुवै देशसँग कुराकानी भएको दाबी

Author

सजिलो पत्रिका

२०८२ साउन ११, आइतबार

34
Share
Featured
  • अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीचको सैन्य द्वन्द्व अन्त्य गर्न आग्रह गरेका छन् ।
  • ट्रम्पका अनुसार दुवै देश युद्धविरामको पक्षमा देखिएका छन्। थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्रीले पनि सैद्धान्तिक रूपमा युद्धविरामको पक्षमा रहेको पुष्टि गरेका छन्।
  •  ट्रम्पले शान्ति स्थापना भएपछि अमेरिकाले दुवै देशसँग नयाँ व्यापार सम्झौता गर्ने आशा व्यक्त गरेका छन्, जसले क्षेत्रीय स्थायित्वमा टेवा पुग्न सक्ने सम्भावना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले थाइल्यान्डकम्बोडियालाई तत्काल युद्धविराम गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा लगातार तीनवटा पोस्ट गर्दै उनले दुई छिमेकी देशबीचको सैन्य द्वन्द्व अन्त्य गर्न आह्वान गरेका हुन्।

ट्रम्पले आफूले थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री र कम्बोडियाका प्रधानमन्त्रीसँग छुट्टाछुट्टै कुराकानी गरेको दाबी गरेका छन्। उनका अनुसार दुवै देशका नेताहरू युद्धविरामका लागि इच्छुक देखिएका छन्। "मैले थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री र कम्बोडियाका प्रधानमन्त्रीसँग कुराकानी गरेको छु। दुवै देश अब युद्धविराम चाहन्छन्," ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्।

उनले शान्ति स्थापना भएपछि दुवै देशसँग अमेरिकाले नयाँ व्यापार सम्झौता गर्ने आशासमेत व्यक्त गरेका छन्। ट्रम्पको यो पहलपछि थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायचाईले पनि प्रतिक्रिया दिएका छन्। उनले आफूहरू सैद्धान्तिक रूपमा युद्धविरामका लागि सहमत भएको पुष्टि गरे। यद्यपि, उनले यस विषयमा कम्बोडिया पक्षबाट इमानदारी र स्पष्ट प्रतिबद्धताको अपेक्षा गरेको बताएका छन्।

राष्ट्रपति ट्रम्पले कम्बोडियाका प्रधानमन्त्रीसँगको आफ्नो कुराकानी "निकै राम्रो" भएको पनि उल्लेख गरेका छन्। थाइल्यान्ड र कम्बोडियाबीच लामो समयदेखि सीमा क्षेत्रमा सैन्य झडप हुँदै आएको छ। हालसम्म यी झडपहरूमा कम्तीमा ३३ जनाको मृत्यु भइसकेको बताइएको छ। ट्रम्पको यो अप्रत्याशित कूटनीतिक प्रयासले दशकौंदेखिको सीमा विवाद समाधानमा कस्तो भूमिका खेल्छ, त्यो भने हेर्न बाँकी छ।

यो समाचारमा

काठमाडौँथाइल्यान्डडोनाल्ड जोन ट्रम्पकम्बोडिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अमेरिकी निर्वाचन आयोगमा ट्रम्पको हस्तक्षेप, बाँकी दुई आयुक्त पनि हटाइए

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि संघीय निर्वाचन सहायता आयोग (इएसी) का कार्यरत अन्तिम दुई आयुक्तलाई बर्खास्त गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त निर्णयपछि निर्वाचन व्यवस्थापनको निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठाउँदै डेमोक्रेट नेता तथा निर्वाचन अधिकारीहरूले कडा आलोचना गरेका छन् ।युएसए टुडेका अनुसार द्विदलीय

    Data is loading...

    Loading brands...

    Loading footer...