विद्या देवी भण्डारी पत्रकार सम्मेलन

केपी ओलीसँग विद्या भण्डारीको 'खुल्ला भिडन्त': केन्द्रीय कमिटीको निर्णयमाथि गम्भीर प्रश्न ?

Author

सजिलो पत्रिका

२०८२ साउन ०९, शुक्रबार

62
Share
Featured

विद्या भण्डारीको यो कदमले नेकपा एमालेभित्र आन्तरिक किचलो थप चर्किने निश्चित देखिएको छ

। पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा पुनरागमनले ओली नेतृत्वका लागि नयाँ चुनौती खडा गरेको विश्लेषण भइरहेको छ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ । दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी पूरा गरी  नेपाल कम्युनिष्ट पार्टी (एमाले) की तत्कालीन उपाध्यक्ष विद्या देवी भण्डारी डेढ वर्षअघि बाहिरिएकी उपाध्यक्ष हुन् । 

पार्टीको पछिल्लो नेपाल कम्युनिष्ट पार्टी (एमाले)  केन्द्रीय कमिटी बैठकको निर्णयमाथि गम्भीर प्रश्न उठाउँदै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपतिको हैसियत त्यागेर एमालेकी 'पूर्वउपाध्यक्ष' का रूपमा आफूलाई प्रस्तुत गरिन्।

'मुठीभरका व्यक्तिले गरेको हुलहुज्जत'

नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीले साउन ५ र ६ गते गरेको सदस्यता नवीकरणसम्बन्धी निर्णयलाई भण्डारीले 'मुठीभरका व्यक्तिले हुलहुज्जतको भरमा आवेग र उत्तेजनामा आएर खारेज गरेको' आरोप लगाइन्। उनले ४५ वर्षदेखि पार्टी सदस्य रहेको र आफ्नो सदस्यता नवीकरण भइसकेको भन्दै कसैले चाहेर मात्रै यसलाई खारेज गर्न नसक्ने स्पष्ट चेतावनी दिइन्। उनको यो भनाइ वर्तमान पार्टी खड्गप्रसाद शर्मा ओलीलक्षित रहेको प्रस्ट संकेत थियो। "पार्टीको पनि आफ्नो प्रणाली हुन्छ। कसैलाई कतिबेला के मन लाग्यो त्यही गर्नु राम्रो विषय होइन," उनले टिप्पणी गरिन्।

ओलीको 'समृद्ध नेपाल' लाई चुनौती,ओली नेतृत्वका लागि नयाँ चुनौती खडा

भण्डारीले पत्रकार सम्मेलनमा जननेतामदन भण्डारीद्वारा प्रतिपादित 'जनताको बहुदलीय जनवाद (जबज)' लाई बारम्बार स्मरण गरिन्। जबजले नै एमालेलाई सफलता दिलाएको दाबी गर्दै उनले 'समृद्ध नेपाल, सुखी नेपाली' को सपना मदन भण्डारीले जबजको आधारमा नै ल्याएको तर्क गरिन्। 

पत्रकार सम्मेलनमा मदन भण्डारीको तस्बिरसहितको ब्यानरमा एक्लै प्रस्तुत भएकी विद्या भण्डारीलाई केन्द्रीय कमिटीमा साथ दिने नेताहरूले सार्वजनिक रूपमा समर्थन नगरेको देखियो। यद्यपि, केही कार्यकर्ता भने उनको समर्थनमा उपस्थित थिए। पार्टीको वेबसाइटबाट आफ्नो सदस्यता हटाइए पनि उनले एमालेमै रहेर संघर्ष गर्ने अस्पष्ट संकेत दिइन्। 'फेरि पनि खेल्ने मैदान एमाले नै भएको' भन्दै उनले आफ्नो आगामी कदमबारे भने स्पष्ट पारिनन्।

विद्या भण्डारीको यो कदमले नेकपा एमालेभित्र आन्तरिक किचलो थप चर्किने निश्चित देखिएको छ। पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा पुनरागमनले ओली नेतृत्वका लागि नयाँ चुनौती खडा गरेको विश्लेषण भइरहेको छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँमदन भण्डारीविद्या देवी भण्डारी
खड्गप्रसाद शर्मा ओली4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...