बौद्ध धर्मावलम्बीको एकमहिने पर्व 'गुँला' आजदेखि सुरु (तस्बिरहरू)

Author

सजिलो पत्रिका

२०८२ साउन ०९, शुक्रबार

19
Share
Featured
  • बौद्ध धर्मावलम्बीहरूको एकमहिने विशेष पर्व 'गुँला' आजदेखि सुरु भई भदौ ८ गतेसम्म मनाइनेछ, जुन नेपाल सम्वत्‌को नवौँ महिनामा पर्छ।
  • विशेषगरी काठमाडौं उपत्यकाका नेवार बौद्ध समुदायले बाजागाजासहित चैत्य, बही, बहाः र मठमन्दिरहरूको परिक्रमा गर्ने परम्परा छ।
  • यो पर्वमा अन्य धर्मावलम्बीहरूको पनि सहभागिता रहने भएकाले धार्मिक सहिष्णुता र सांस्कृतिक सद्भावको उदाहरण प्रस्तुत हुन्छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

बौद्ध धर्मावलम्बीहरूको एकमहिने विशेष पर्व 'गुँला' आजदेखि सुरु भएको छ। यो पर्वको अवसरमा विशेषगरी काठमाडौं उपत्यकाका नेवार बौद्ध समुदायले विभिन्न बाजागाजासहित स्वयम्भू लगायतका चैत्य तथा बौद्ध विहारहरूको परिक्रमा गर्दछन्। नेपाल सम्वत् अनुसार नवौँ महिनामा पर्ने भएकाले यस पर्वलाई 'गुँला' भनिएको हो। संस्कृतिकर्मीहरूका अनुसार, नेपाल भाषामा 'गुँ' को अर्थ 'नौ' र 'ला' को अर्थ 'महिना' हुन्छ। यो पर्व नेपाल सम्वत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म, अर्थात् आजदेखि आगामी भदौ ८ गतेसम्म एक महिनाभर मनाइन्छ।

गुँला पर्वको मुख्य आकर्षण भनेकै बिहानीपख बजाइने 'गुँला बाजा' हो। भक्तजनहरू विभिन्न परम्परागत बाजागाजा बजाउँदै नगरका बहाः, बही, चैत्य तथा मठमन्दिरहरूको परिक्रमा गर्छन्। यस अवधिमा स्वयम्भू महाचैत्यमा दर्शनार्थीहरूको विशेष भीड लाग्ने गर्दछ। गुँला पर्व विशेषगरी बौद्धमार्गीहरूको पर्व भए तापनि यसमा अन्य धर्मावलम्बीहरूको पनि सहभागिता रहने गर्दछ, जसले धार्मिक सहिष्णुता र सांस्कृतिक सद्भावको अनुपम उदाहरण प्रस्तुत गर्दछ।











यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सिंहदरबारभित्र आज पनि काम छाडेर धर्ना बसे करारका कर्मचारी (तस्बिरहरु)

    काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्। आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न

    Data is loading...

    Loading brands...

    Loading footer...