प्रतिनिधिसभा

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Author

सजिलो पत्रिका

२०८२ साउन ०९, शुक्रबार

31
Share
Featured
  • प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्दैछ।
  • शिक्षा मन्त्री रघुजी पन्तले तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
  • यो विधेयक आँखा स्वास्थ्य शिक्षा र सेवाको क्षेत्रमा केन्द्रित छ, जसलाई राष्ट्रियसभाले पहिले नै पारित गरिसकेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्दै छ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

२०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको उक्त विधेयकलाई राष्ट्रियसभाले २०८१ चैत ४ गते पारित गरेको थियो । विधेयक ‘आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नवीनतम् प्रविधिको विकास र विस्तार गरी आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नसँग सम्बन्धित’ छ ।

यो समाचारमा

प्रतिनिधि सभारघुजी पन्तकाठमाडौँराष्ट्रिय सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...