कुलिङ पिरियडमा सम्झौता हुँदैन, गठबन्धन सन्तुलित हुनुपर्छ: प्रकाशशरण महत

Author

सजिलो पत्रिका

२०८२ साउन ०६, मङ्गलबार

46
Share
Featured
  • कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले निजामती विधेयकमा प्रस्तावित दुई वर्षे 'कुलिङ पिरियड' अनिवार्य रूपमा लागू हुनुपर्ने भन्दै पार्टीले कुनै सम्झौता नगर्ने स्पष्ट पारे।
  •  महतले महत्त्वपूर्ण विधेयकमा सत्ता साझेदार दलहरूले एकलौटी निर्णय लाद्न खोजेको भन्दै असन्तुष्टि जनाए र सहमतिका आधारमा सन्तुलित ढंगले अघि बढ्न जोड दिए।
  • कार्यक्रममा उनले समाजमा झुटो बोलेर स्थापित हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै कांग्रेस सधैं सत्य र न्यायको पक्षमा उभिने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।  

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निजामती विधेयकमा प्रस्तावित ‘कुलिङ पिरियड’को व्यवस्थामा पार्टीले कुनै हालतमा सम्झौता नगर्ने अडान व्यक्त गरेका छन्। उनले सत्ता गठबन्धन सन्तुलित ढंगले चल्नुपर्नेमा जोड दिँदै महत्त्वपूर्ण विषयमा एकलौटी निर्णय लाद्ने प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन्।

विपी स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता महतले संसदीय समितिबाट सर्वसम्मतिले पारित भएको विषयबाट कांग्रेस पछि नहट्ने स्पष्ट पारे। "संसदीय समितिमा सर्वसम्मतिले टुंगिएको कुलिङ पिरियडको विषयमा कांग्रेसले कुनै कम्परमाइज गर्न सक्दैन, यो लागू हुनैपर्छ," उनले भने।

उल्लेखनीय छ, राज्य व्यवस्था समितिले निजामती विधेयकमा दुई वर्षे कुलिङ पिरियडको प्रावधान राखेर सर्वसम्मतिले पारित गरेको थियो। तर, प्रतिनिधि सभाबाट पारित हुँदा उक्त प्रावधान हटाइएपछि विवाद उत्पन्न भएको थियो, जसको अध्ययन गर्न हाल संसदीय छानबिन समिति गठन गरिएको छ। राष्ट्रिय सभामा विचाराधीन सोही विधेयकमा नेकपा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउन संशोधन प्रस्ताव दर्ता गरेपछि कांग्रेसले आपत्ति जनाउँदै आएको छ।

प्रवक्ता महतले भूमि विधेयक लगायतका विषयमा पनि सत्ता साझेदार दलले एकलौटी गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले गठबन्धन सरकार सन्तुलित र सहमतिका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा उनले वर्तमान समाजमा झुटो बोल्नेहरू नै सत्यवादीका रूपमा स्थापित भइरहेको भन्दै चिन्ता व्यक्त गरे। नेपाली कांग्रेस सधैँ सत्यको पक्षमा उभिने उनको भनाइ थियो।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसडा. प्रकाशशरण महतराष्ट्रिय सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...