आज ४३औँ बीपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

Author

सजिलो पत्रिका

२०८२ साउन ०६, मङ्गलबार

24
Share
Featured
  • बीपी कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन्, जसले प्रजातन्त्र स्थापना र भूमिसुधारका लागि ऐतिहासिक योगदान दिएका थिए।
  • उनी नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादका प्रवर्तक थिए, जसका तीन घुम्ती, सुम्निमा, नरेन्द्रदाइ लगायत चर्चित कृतिहरू छन्।
  • ४३औँ स्मृति दिवसमा नेपाली कांग्रेस र सरकारद्वारा विभिन्न कार्यक्रम र पुरस्कार वितरण आयोजना गरियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।]

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वर प्रसाद कोइरालाको ४३औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याएका बीपीको स्मरणमा यो दिवस मनाउन लागिएको हो। उनको निधन २०३९ साल साउन ६ गते भएको थियो।

दिवसका अवसरमा नेपाली काँग्रेस र उसका भ्रातृ संस्थाहरूले देशभर विभिन्न कार्यक्रम आयोजना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ वितरण कार्यक्रम आयोजना गरेको पुरातत्त्व अधिकृत भीष्म बाँस्कोटाले बताए।

राजनीतिक सङ्घर्ष र नेतृत्व

१९७१ भदौ २४ गते भारतको वाराणसीमा जन्मेका कोइराला २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुईतिहाइ बहुमत ल्याएपछि २०१६ जेठमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। आफ्नो कार्यकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने प्रगतिशील भूमिसुधार कार्यक्रम अगाडि बढाए।

तर, २०१७ साल पुस १ गते तत्कालीन राजाले शाही सेनाको बलमा जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि कोइरालालगायत नेताहरूलाई लामो समय सुन्दरीजल बन्दीगृहमा राखिएको थियो। आठ वर्ष लामो भारत प्रवासपछि उनी आठवटा ज्यान मुद्दाको समेत पर्वाह नगरी २०३३ साल पुस १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिएर स्वदेश फर्किए। उनले अघि सारेका यो नीति नेपाली राजनीतिमा आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ।

बीपी कोइराला राजनीतिकर्मी मात्र नभई नेपाली साहित्यका एक उच्चकोटीका स्रष्टा पनि थिए। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक मानिने उनका ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘मोदी आइन’, ‘नरेन्द्रदाइ’, ‘हिटलर र यहुदी’ एवं ‘बाबु, आमा र छोरा’ जस्ता उपन्यास र ‘श्वेत भैरवी’, ‘दोषी चश्मा’ जस्ता कथासङ्ग्रह प्रकाशित छन्।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसबिश्वेश्वर प्रसाद कोइराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...