काठमाडौं महानगरको छात्रवृत्ति परीक्षामा १४ हजार सहभागी, आइतबार नतिजा सार्वजनिक हुने

Author

सजिलो पत्रिका

२०८२ साउन ०३, शनिबार

21
Share
Featured
  • काठमाडौं महानगरपालिकाले कक्षा ११–१२ को छात्रवृत्तिका लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गर्‍यो, जहाँ १४ हजारभन्दा बढी विद्यार्थी सहभागी भए।
  • १०० अङ्कको OMR आधारित परीक्षामा न्यूनतम ४०% ल्याउने मापदण्ड तोकिएको छ र नतिजा आइतबार बिहान महानगरको वेबसाइटमार्फत सार्वजनिक हुनेछ।
  •  उत्तीर्ण विद्यार्थीलाई १६० संस्थागत विद्यालयमा उपलब्ध ४,०००+ छात्रवृत्ति सिटमा भर्ना गरिनेछ, जहाँ विभिन्न सामाजिक वर्गहरूका लागि आरक्षण र प्राथमिकता नीति लागू गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिकाले चालु शैक्षिक सत्रका लागि कक्षा ११ र १२ को संस्थागत विद्यालय छात्रवृत्ति छनोटका लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेको छ। परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन् भने नतिजा आइतबार बिहान सार्वजनिक गरिने भएको छ।

महानगरको शिक्षा विभागका अनुसार, देशभरबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ जना परीक्षाका लागि छनोट भएका थिए। तीमध्ये १४ हजार १७३ विद्यार्थी परीक्षामा सहभागी भएको विभागले जनाएको छ।

परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित रहेर गणित, विज्ञान र अंग्रेजीबाट ३०/३० तथा सामान्य ज्ञानबाट १० गरी कुल १०० वटा बहुवैकल्पिक प्रश्न सोधिएको थियो। उत्तीर्ण हुनका लागि न्यूनतम ४० प्रतिशत अंक ल्याउनुपर्ने मापदण्ड तोकिएको छ। उत्तर पुस्तिकाको जाँच अप्टिकल मार्क रेकोग्निसन (ओएमआर) प्रणालीमार्फत स्वचालित रूपमा हुनेछ र जाँच प्रक्रिया शनिबार नै सुरु भइसकेको छ।

विभागका अनुसार, प्रवेश परीक्षाको नतिजा आइतबार बिहान महानगरको आधिकारिक वेबसाइटमार्फत प्रकाशित गरिनेछ।

यस परीक्षाबाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई महानगरभित्रका १६० संस्थागत विद्यालयहरूमा उपलब्ध करिब चार हजारभन्दा बढी छात्रवृत्ति सिटका लागि भर्ना गरिनेछ। महानगरले छात्रवृत्ति वितरणमा सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलाई ४० प्रतिशत, काठमाडौं महानगरका स्थायी बासिन्दालाई १४ प्रतिशत र ल्यान्डफिल प्रभावित क्षेत्रका विद्यार्थीलाई एक प्रतिशत प्राथमिकता दिने नीति लिएको छ। साथै, संस्थागत विद्यालयमै छात्रवृत्तिमा पढेका विद्यार्थीका लागि ५ प्रतिशत कोटा छुट्याइएको छ।

यसका अतिरिक्त महिला, दलित, आदिवासी/जनजाति, मधेसी, थारु, मुस्लिम, अपांगता भएका व्यक्ति, पिछडिएको क्षेत्रका बासिन्दा तथा सहिद/बेपत्ता परिवारका लागि पनि आरक्षणको व्यवस्था गरिएको छ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ महानगरपालिका

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...