सौर्य एयरलाइन्स दुर्घटना पाइलटको गम्भीर लापरबाहीले भएको निष्कर्ष, कम्पनी पनि दोषी

Author

सजिलो पत्रिका

२०८२ साउन ०३, शनिबार

55
Share
Featured
  • जाँचबुझ आयोगले दुर्घटना प्राविधिक नभई पाइलटको गल्ती (जहाजको अगाडिको भाग अत्यधिक उठाउनु) र कम्पनीको लापरवाहीका कारण भएको निष्कर्ष निकालेको छ।
  • उडानका लागि गलत गति अनुमान, सामानको तौल नलिनु, ज्वलनशील पदार्थको मौजूदगी, र दुर्घटनापछि प्रमाण मेटाउने प्रयासजस्ता गम्भीर लापरवाहीहरू देखिएका छन्।
  •  पोखरा लैजान लागिएको विमान एक मिनेटमै खसेर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो, पाइलट मात्र जीवित बचेका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गत साउनमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना पाइलटको गल्ती र कम्पनीको चरम लापरवाहीका कारण भएको निष्कर्ष जाँचबुझ आयोगले निकालेको छ। आयोगले सरकारलाई बुझाएको प्रतिवेदनले दुर्घटनाको कारण प्राविधिक नभई मानवीय त्रुटि भएको स्पष्ट पारेको छ। प्रतिवेदनअनुसार, पाइलटले जहाज उडाउँदा अगाडिको भाग आवश्यकभन्दा धेरै माथि उठाएका थिए, जसले गर्दा जहाजले गति गुमायो र सिधै तल खस्यो। उडेको एक मिनेटभित्रै जहाज जमिनमा बजारिएको थियो।

कम्पनीका डरलाग्दा लापरवाहीहरू:

-उडानका लागि चाहिने गतिको हिसाब नै गलत थियो र यही गलत हिसाब सबै उडानमा प्रयोग हुँदै आएको थियो।

-जहाजमा राखिएका सामानको तौल लिइएको थिएन र त्यसलाई राम्रोसँग बाँधिएको पनि थिएन।

-विमानमा ज्वलनशील पदार्थ र अन्य खतरनाक सामानहरू समेत भेटिएका थिए।

- दुर्घटनापछि घटनास्थलबाट सामान हटाएर प्रमाण मेटाउने प्रयाससमेत भएको थियो।

जहाज मर्मतका लागि पोखरा लैजान लागिएको उक्त उडानमा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनीष शाक्य बाँच्न सफल भएका थिए।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आत्मदाह प्रयासको घटनालाई ट्राफिक जरिवानासँग जोड्नु भ्रामक- ट्राफिक प्रहरी

    काठमाडौँ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गणेश नेपालीले गरेको आत्मदाह प्रयासलाई ट्राफिक जरिवानासँग जोडेर गरिएको प्रचारलाई 'तथ्यहीन र भ्रामक' भनेको छ।असार २५ गते मुगुका २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासमा ट्राफिक कारबाहीको कुनै सम्बन्ध नरहेको प्रहरीले स्पष्ट पारेको हो। ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जारी गरेको विज्ञप्तिअनुसार,

    Data is loading...

    Loading brands...

    Loading footer...