आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

Author

सजिलो पत्रिका

२०८२ साउन ०१, बिहिबार

37
Share
Featured
  • आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ।
  • नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १३७ रुपैयाँ २१ पैसा र बिक्री दर १३७ रुपैयाँ ८१ पैसा कायम भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ एक पैसा र बिक्रीदर १७१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०० रुपैयाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०७ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २२ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८७ पैसा र बिक्रीदर नौ रुपैयाँ ९१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ सात पैसा र बिक्रीदर १४ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३५ पैसा र बिक्रीदर २१ रुपैयाँ ४४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४५० रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुयैयाँ ३८ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ९३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

यस्तै, यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले उल्लेख गरेको छ। 

यो समाचारमा

काठमाडौँनेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...