मधेशको खानेपानी समस्या समाधान गर्न प्रदेश र संघ सरकारले संयुक्त अभियान चलाउने

Author

सजिलो पत्रिका

२०८२ असार ३२, बुधबार

33
Share
Featured
  • मधेश प्रदेशको खानेपानी संकट समाधानका लागि प्रदेश र संघीय सरकारले संयुक्त अभियान सञ्चालन गर्ने सहमति जनकपुरधाममा भएको हो।
  • उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै सशर्त खानेपानी योजनाहरू तुरुन्तै कार्यान्वयनमा ल्याइनेछ।
  • दुबै मन्त्रीहरूद्वारा सम्बन्धित निकायलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिइएको र उच्चस्तरीय अधिकारीहरूको उपस्थिति रहेको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

 मधेश प्रदेशमा बढ्दो खानेपानी संकट समाधान गर्न प्रदेश र संघीय सरकारले संयुक्त रूपमा अभियान सञ्चालन गर्ने भएका छन्। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवबीच मंगलबार जनकपुरधाममा भएको भेटवार्तामा यस्तो सहमति भएको हो।

भेटवार्तामा मधेश प्रदेशमा विद्यमान खानेपानीको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न दुवै सरकारका संयन्त्रहरूलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय भएको छ। उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग गर्दै खानेपानीसँग सम्बन्धित सशर्त योजनाहरूलाई तुरुन्तै कार्यान्वयनमा लैजाने गरी काम अगाडि बढाइने सहमति बनेको छ।

मुख्यमन्त्री सिंह र मन्त्री यादवले जनताले भोगिरहेको खानेपानी संकटको समयमा सरकार जनताको साथमा छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन्। दुवै तहका सरकारको उपस्थिति र सक्रियता देखिने गरी कामलाई तीव्रता दिइने बताइएको छ।

उक्त उच्चस्तरीय भेटघाट कार्यक्रममा मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, संघीय खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ लगायत मन्त्रालयका विज्ञ र कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो।

यो समाचारमा

प्रदीप यादवकाठमाडौँमधेश प्रदेशजनकपुर
सतिश कुमार सिंह4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...