प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर नफर्किएकाहरुबारे छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

Author

सजिलो पत्रिका

२०८२ असार ३०, सोमबार

27
Share
Featured
  • गृहमन्त्री रमेश लेखकले स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न निर्देशन दिएका छन् ।
  • छानबिनको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र मानव बेचबिखन अनुसन्धान ब्युरोलाई दिइएको छ।
  • गृहमन्त्रीले राष्ट्रसंघीय कार्यक्रमको नाममा भिसा लिई स्पेन गएका र उतै बेपत्ता भएका व्यक्तिहरूको पछाडि कुन संस्था (NGO/INGO) संलग्न थियो भन्नेबारे छानबिन गर्न निर्देशन दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री रमेश लेखकले स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका हुन् । मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।

मन्त्री लेखकले प्रधानमन्त्रीको प्रतिनिधि मण्डल बाहेक स्पेन को–को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेका छन् ।

उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । यसैबीच गृहमन्त्रीको निर्देशन लगत्तै उक्त विषयको छलफलका लागि गृह मन्त्रलयमा आकस्मिक बैठक बस्ने भएको छ ।

गृहमन्त्री लेखकले नै स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने नाममा भिसा लगाइएका व्यक्तिहरुबारे छानबिन गर्न आकस्मिक बैठक डाकेका हुन् ।

गृहसचिव गोकर्णमणि दवाडी, आईजीपी दीपक थापा, सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचबिखन ब्युरो प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभाग प्रमुख गोविन्द रिजाल सहितको बैठक सिंहदरवारमा बस्न लागेको हो ।

आज सोमबार साढे एक बजे गृह मन्त्रालयमा बस्ने उक्त बैठकमा कुन एनजीओ वा आईएनजीओले ती व्यक्तिहरूलाई स्पेन लैजान अनधिकृत रूपमा पैसा उठाएको हो भन्ने अनुसन्धानका लागि निर्देशन दिइने बताइएको छ ।

यो समाचारमा

स्पेनसिंहदरवारकाठमाडौँखड्गप्रसाद शर्मा ओली
रमेश लेखक5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...