स्पेन प्रकरणबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ

Author

सजिलो पत्रिका

२०८२ असार २९, आइतबार

52
Share
Featured
  • सांसद सुमना श्रेष्ठले स्पेन कार्यक्रमपछि नेपालीहरू नफर्किएको विषयमा प्रधानमन्त्री केपी ओलीसँग स्पष्ट जवाफ माग गरिन्।
  • श्रेष्ठले स्पेन प्रकरणलाई मानव तस्करीसँग जोड्दै राजनीतिक संरक्षणको आरोप लगाइन् र भिजिट भिसा अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरिन्।
  • श्रेष्ठले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय आयोग गठनको माग गर्दै अन्य विवादित घटनाहरूको पनि निष्पक्ष छानबिन हुनुपर्ने बताइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली सहभागी स्पेनको कार्यक्रममा सहभागी हुन गएका नेपालीहरू नफर्किएको विषयमा प्रधानमन्त्रीसँग जवाफ माग गरेकी छिन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले यस्तो माग गरेकी हुन्। उनले स्पेन प्रकरणले मानव तस्करीको सञ्जाल राजनीतिक संरक्षण दिइएको आरोप लगाइन्।

उनले २०७८ साल फागुनमा बनेको भिजिट भिसा सम्बन्धी अध्ययन प्रतिवेदन अझै सार्वजनिक नगरिएकोप्रति पनि आपत्ति जनाइन्। उनले २०७८ मा बनेको प्रतिवेदन अहिले गृह मन्त्रालयको कुन कुनामा थन्किएको छ रु भन्दै प्रश्न गरिन्।

उनले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन आयोग गठनको माग पनि गरिन्। उनले सुशासन आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले स्पेन प्रकरणबारे स्पष्टीकरण दिनुपर्ने माग दोहोर्‍याइन्।  उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री समेत पोलिएको  र संघीय मामिलामन्त्रीको अडियोको समेत निष्पक्ष छानबिन गर्न माग गरिन्।


यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीप्रतिनिधि सभाराष्ट्रिय स्वतन्त्र पार्टीसुमना श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...