खानेपानी मन्त्री यादव स्वदेश फिर्ता

Author

सजिलो पत्रिका

२०८२ असार २१, शनिबार

34
Share
Featured
  • खानेपानीमन्त्री प्रदीप यादव आज स्वदेश फिर्ता भएका छन् ।
  • मन्त्री यादव र सचिव शाक्य स्पेनमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भए।
  • नेपालको प्रतिबद्धता: सुरक्षित खानेपानी र सरसफाइ सुनिश्चित गर्ने प्रतिबद्धता अन्तर्राष्ट्रिय रूपमा प्रस्तुत गरियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

खानेपानीमन्त्री प्रदीप यादव आज स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्रसंघको आयोजनामा ३० जुनदेखि ३ जुलाई २०२५ सम्म स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको छलफल कार्यक्रमा सहभागी हुन मन्त्री यादव यही असार १५ गते त्यसतर्फ प्रस्थान गरेको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिए ।

उनका अनुसार उक्त सम्मेलनमा भागलीनका लागि मन्त्री यादव सहित मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य समेत स्पेन प्रस्थान गरेका थिए ।

उक्त कार्यक्रममा नेपालको राष्ट्रिय प्रतिबद्धता,सबैका लागि सुरक्षित खानेपानी र सरसफाइ सुनिश्चित गर्नेबारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराइएको खानेपानी मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री यादव तथा सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्यलाई मन्त्रालयका निमित्त सचिव एवं सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।

यो समाचारमा

काठमाडौँप्रदीप यादवस्पेन

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...