गिरिजाप्रसादको सपना पूरा गर्न आत्मसमीक्षा गरौं: अध्यक्ष प्रचण्ड

Author

सजिलो पत्रिका

२०८२ असार २०, शुक्रबार

28
Share
Featured
  • प्रचण्डले गिरिजाप्रसाद कोइरालाको लोकतन्त्र, न्याय र जनमुखी शासनको सपना पूरा गर्न वर्तमान नेतृत्वले गम्भीरता देखाउनुपर्ने बताए।
  • उनले संसदीय अभ्यास, न्याय क्षेत्र र सरकारका गतिविधिहरू जनभावना र लोकतान्त्रिक मूल्यविपरीत भइरहेको आरोप लगाए।
  • गिरिजाप्रसाद कोइरालाको १०२औं जन्मजयन्तीमा आयोजित कार्यक्रममा राष्ट्रपति, प्रमुख नेताहरू र नागरिक समाजको उपस्थिति, कोइरालाको योगदानको स्मरण।
समाचार सारांशGenerated using AI.

पूर्र्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वर्गीय गिरिजा प्रसाद कोईरालाले देखेको सपना पूरा गर्न वर्तमान नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्मजयन्तीका अवसरमा शुक्रबार शीतल बिहान निवासमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकार, संसद र न्यायालयका गतिविधिप्रति असन्तुष्टि व्यक्त गरे । उनले वर्तमान अभ्यासहरू जनतासँग गरिएका वाचाविपरीत भइरहेको टिप्पणी गरेका छन्। ।

नेपालको लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियामा कोइरालाको योगदान अविस्मरणीय रहेको बताउँदै प्रचण्डले भने,  ‘गिरिजाप्रसाद कोइरालाले देखेको लोकतान्त्रिक मूल्य, पारदर्शी न्याय व्यवस्था, सबल संसद र जनमुखी शासन व्यवस्थालाई कार्यान्वयन गर्न गम्भीरता देखिएको छैन । अब हामी सबैले आत्मसमीक्षा गर्नुपर्छ ।’
उनले वर्तमान अवस्थाप्रति प्रश्न गर्दै भने, ‘अहिले चलिरहेको संसदीय अभ्यास, न्याय क्षेत्रको कामकारबाही, सरकारले गरेका गतिविधि—के हामी लोकतन्त्र र परिवर्तनका लागि जनताले गरेको अपेक्षातर्फ अग्रसर छौं ?’

आफू हालै हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियानमार्फत जनताका पीरमर्का र भावना बुझिरहेको उल्लेख गर्दै उनले सत्ता पक्षले सोचेजस्तो अवस्था सहज नरहेको समेत बताए ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा आयोजित उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विभिन्न राजनीतिक दलका नेताहरू, फाउन्डेसनका पदाधिकारी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमका अन्य वक्ताहरूले पनि कोइरालाको योगदानको स्मरण गर्दै लोकतन्त्र, मानव अधिकार र शान्ति स्थापनामा उहाँको अग्रणी भूमिकाको चर्चा गरेका थिए ।

यो समाचारमा

पुष्पकमल दाहालनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)गिरिजा प्रसाद कोईराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...