नक्कली तिलहरी धितो राखेर लाखौँ रकम ठगी गर्ने महिला पक्राउ

Author

सजिलो पत्रिका

२०८२ असार १७, मङ्गलबार

45
Share
Featured
  • नक्कली तिलहरी धितो राखी ११ लाख ठगी गरेको आरोपमा दिलमाया मगर प्रहरीद्वारा पक्राउ परेकी छन्।
  • उनी अर्को पसलमा गहना धितो राख्न जाँदा व्यापारीले खबर गरी पक्राउ गरिएको हो।
  • ठगी मुद्दामा अनुसन्धान भइरहेको छ र प्रहरीले अन्य पीडितहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

सुनचाँदी पसलमा नक्कली गहना (तिलहरी) धितो राखेर लाखौं रकम ठगीको गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । 

रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ घर भई भक्तपुर बस्ने ४२ वर्षीय दिलमाया मगरलाई प्रहरीले पक्राउ गरेको हो  ।

उनले बुद्धनगर स्थित एउटा सुनचाँदी पसलमा छड्के तिलहरी धितो राखेर ११ लाख रुपैयाँ ठगी गरेकी हुन् ।असार १५ मा अर्को पसलमा गहना धितो राख्न पुगेको अवस्थामा व्यापारीहरुले खबर गरेपछि प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर ठगी मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ  । प्रहरीले अन्य सम्भावित पीडितहरू पनि भए सम्पर्क गर्न आग्रह गरेको छ।

यो समाचारमा

काठमाडौँरामेछापलिखुतामाकोशी गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...