आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Author

सजिलो पत्रिका

२०८२ असार १६, सोमबार

44
Share
Featured
  • आज संघीय संसदका चार संसदीय समितिको बैठक बस्दैछ
  • बैठकहरूमा नेपाल प्रहरीसम्बन्धी संशोधन, विद्यालय शिक्षा विधेयक, भन्सार विधेयक र न्यायाधीशको सुनुवाइ जस्ता विषयमा छलफल हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सङ्घीय संसदअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ ।  राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्न लागेको हो । 

बिहान ११ बजेका लागि बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुहुने माननीयज्यूहरुसँग छलफल हुनेछ । 

बिहान ८:३० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची छ । 

बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । 

बिहान ८ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा सुनुवाइ हुन बाँकी सार्वोेच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषद्का सदस्यको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...