सावित्रा भण्डारी ‘साम्बा’ बनिन् राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तान

Author

सजिलो पत्रिका

२०८२ असार १५, आइतबार

69
Share
Featured
  • नेपाली महिला फुटबल टोलीको नयाँ कप्तानको जिम्मेवारी सावित्रा भण्डारी 'साम्बा'लाई दिइएको छ।
  • लाओसविरुद्धको खेलमा साम्बा १२औँ कप्तान बनेकी हुन् भने गोलरक्षक एन्जिला पहिलो रोजाईमा परिनन्।
  • नेपाल एसियन कप छनोटको समूह ‘एफ’मा छ र शीर्ष स्थानले अस्ट्रेलिया हुने प्रतियोगितामा स्थान पाउनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानको जिम्मेवारी सावित्रा भण्डारी ‘साम्बा’ ले पाएकी छिन् । लाओसमा आइतबारबाट सुरु भएको एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले साम्बलाई कप्तानको जिम्मेवारी दिएका हुन् ।

प्रशिक्षक वाइल्डले खेलअघि साम्बालाई कप्तानको जिम्मेवारी दिँदै लाओसविरुद्ध सुरुवाती–११ पनि सार्वजनिक गरेका हुन् । साम्बा नेपाली महिला फुटबल टोलीको कप्तानी सम्हाल्ने १२औँ खेलाडी बनेकी छिन् ।

प्रशिक्षक वाइल्डल यसअघिकी नियमित कप्तान एवं गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बालाई लाओसविरुद्ध पहिलो रोजाईमा समेत राखेका छन् । एन्जिलाको स्थानमा अञ्जना रानामगरलाई मौका दिइएको छ ।

छनोटमा नेपाल समूह ‘एफ’मा छ । यस समूहमा नेपालसँगै आयोजक उज्वेकिस्तान, लाओस र श्रीलङ्का छन् । नेपाले लाओसपछि दोस्रो खेल जुलाई २ तारिख श्रीलंका र अन्तिम खेल जुलाई ५ तारिख उज्बेकिस्तानसँग खेल्ने छ ।

छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने महिला एसिया कपमा छनोट हुने छ ।

यो समाचारमा

उज्बेकिस्तानश्रीलंकाकाठमाडौँलाओस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...