संघीय संसदका चार समितिको बैठक बस्दै

Author

सजिलो पत्रिका

२०८२ असार १३, शुक्रबार

78
Share
Featured
  • विधायन व्यवस्थापन समिति (९:०० बजे): भन्सार विधेयक २०८० माथि दफावार छलफल।
  • संसदीय सुनुवाइ समिति (११:०० बजे): तीन प्रस्तावित न्यायाधीशविरुद्ध उजुरीकर्तासँग छलफल।
  • शिक्षा समिति (११:३० बजे): विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल।
  • संघीयता र सरोकार समिति (११:३० बजे): कालिगण्डकी-तिनाउ नदी पथान्तरण आयोजनाको अवस्थाबारे छलफल।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

आज संघीय संसदका चार समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राष्ट्रिय सभा अन्तर्गतका संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । त्यस्तै आज संसदीय सुनुवाइ समिति (संयुक्त)को पनि बैठक बस्दैछ ।

बिहान साढे ११ बजे बस्ने  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान साढे ११ बजेदेखि शुरु हुने राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आ.व.२०८२/०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यसैगरी बिहान ९ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ११ बजेदेखि बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यो समाचारमा

काठमाडौँप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...